एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल भयाे – शंकर पाेखरेल

रेडियो दर्पण संवाददाता

१० जेठ, काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पाेखरेलले स्थानीय तह निर्वाचनमा एमालेलाई समाप्त पार्ने सत्‍ता गठबन्धनकाे प्रयास पूर्ण रुपमा असफल पारिदिएकाे बताएका छन् । तर, अपेक्षा गरेजस्ताे परिणाम भने प्राप्त नभएकाे बताए ।

दलीय प्रतिस्पर्धा भएकाे भए देशमा एमाले सर्वाधिक लाेकप्रिय पार्टीकाे रुपमा स्थापित हुने जनमतले प्रकट गरेकाे उनकाे तर्क छ ।

निर्वाचनकाे प्रारम्भिक चरणमै प्रहरी र कर्मचारी खटाउँदै सेटिङ गरेकाे आराेप पनि महासचिव पाेखरेलले लगाए । परिणाम आएपछि एमालेले टिप्पणी नगरेकाे रुपमा चर्चा भएकाे भन्दै उनले त्यसकाे खण्डन गरे ।

परिणाम आउनुअघि देखि नै एमालेले सरकारलाई खबरदारी गरेकाे म‌ंगलबार आयाेजित मदन-आश्रित स्मृति दिवसमा भने।

उनले गठबन्धन दलका कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूमाथि आक्रमण गरेकाे पनि आराेप लगाए ।

तनहुँमा दलित समुदायका दुई उपप्रमुख
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्लागण्डकी र भानु नगरपालिकाको उपप्रमुख पदमा दलित समुदायबाट विजयी भएका छन् ।

जिल्लाको १० पालिकामध्ये शुक्लागण्डकीमा खुमबहादुर विक र भानुमा उमा गोतमे सो पदमा निर्वाचित हुनुभएको हो । विक नेकपा (माओवादी केन्द्र) र गोतमे नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो ।

यसैबीच जिल्लामा मतगणना सम्पन्न भइसके पनि अझै चार पालिकाले सम्बन्धित निकायमा मतपत्र बुझाएका छैनन् । देवघाट, घिरिङ, शुक्लागण्डकी र व्यास नगरपालिको मतपत्र नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

ऋषिङ, आँबुखैरेनी, भानु, भिमाद, बन्दीपुर र म्याग्दे गाउँपालिकाले मतपत्र बुझाइसकेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिनुभयो । मतगणनापश्चात छ महिनासम्म मतपत्र सुरक्षित राख्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “उक्त अवधिभित्र मुद्दा नपरेपछि मात्रै व्यवस्थित गरिनेछ ।”