झापामा बसको ठक्करबाट प्रहरीसहित २ जनाको मृ´त्यु

रेडियो दर्पण संवाददाता

११ जेठ, सुनसरी ।

झापा जिल्लाको शिवसताक्षी-१ धरमपुर सडक खण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृ´त्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-१ धरमपुर सडक खण्डमा को१ख ७१८७ नम्बरको झुल्केदेवी यातायात बसले प्रदेश १-०२०४०प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृ´त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

मृ´त्यु हुनेमा मोरङ जिल्लाको पथरी-शनिश्चरे-८ का जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान २६ वर्षीय प्रकाश राई र म्यादी प्रहरी भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युवकको मृत्यु
दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ ।

नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो । मङ्गलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज बिहान मृतावस्थामा फेला परेको स्थानीयवासी जिपछिरिङ शेर्पाले बताउनुभयो ।

घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख गङ्गा पौडेलले बताउनुभयो । मृतक बस्नेतका बुबा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । झ्याकुस्थित मानेडाँडा माविमा कार्यरत यानबहादुर काम सकेर साँझ ६ः३० बजे घरबाट निस्किएका र अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय तथा आफन्तले खोजीकार्य जारी राखेका थिए । मङ्गलबारदेखि बेपत्ता भएका यानबहादुर आज बिहान झ्याकुस्थित सर्सेपु विद्यालय नजिकैको जङ्गलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।