बिहेको चार महिनामा भायग्रा लिन थाले : स्खलन बन्द भएपछि अप्रेशन, जीवनभर बन्यो समस्या

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

भन्छन्, औषधि पनि धेरै खाए विष बन्छ । भारत, उत्तर प्रदेशको प्रयागराजमा एक व्यक्तिलाई यस्तै भएको छ ।

उनले भायग्राको ओभरडोज लिएका कारण अस्पताल भर्ना हुनु परेको हो । उनको शल्यक्रिया समेत गरिएको छ ।

शल्यक्रियापछि पनि उनको समस्या पूर्ण रुपमा हटेको छैन । यो समस्याले अब ती व्यक्तिलाई पुरै जीवनभर पिरोल्ने चिकित्सकहरुले जानकारी दिएका छन् ।

आजतकका अनुसार ती व्यक्तिको करिब तीन महिनाअघि विवाह भएको थियो । बिहेपछि साथीहरूले उनलाई यौन क्षमता बढाउन भियाग्रा खान सल्लाह दिए ।
त्यसपछि उनले २५–३० मिलीग्रामको डोज लिन थाले । तर, त्यसबाट फाइदा नभएपछि उनले २०० मिलीग्रामको भियाग्रा खान थाले । त्यसपछि उनको स्वास्थ्य बिग्रियो । रिपोर्टका अनुसार भायग्राको ओभरडोजका कारण २८ वर्षीय युवाको नीजि अंगमा तनाव आउन थाल्यो ।

उनले यो समस्यासँग धेरै दिन संघर्ष गर्नु परेको बताइएको छ । २० दिन बितिसक्दा पनि उनको स्वास्थ्यमा सुधार नभएपछि श्रीमती माइतीमा गइन् । तर, युवकको परिवारले अनुरोध गरेपछि उनी फर्किन् ।

तर, श्रीमानलाई अस्पतालमा भर्ना गराएर उनी फेरि माइती नै फर्केकी छिन् । प्रयागराजको मोतीलाल नेहरू मेडिकल कलेजका डाक्टरहरूले ती युवकको पेनाइल प्रोस्थेसिसको शल्यक्रिया गर्दा उनको अवस्था ठिक भएको छ ।

डाक्टरका अनुसार ती युवकले बच्चा पनि जन्माउन सक्ने छन् । तर सानो उनको नीजि अंगमा तनाब भने सधैं रहने भएको छ ।

उक्त व्यक्तिलाई सधैं टाइट लुगा लगाउन पनि सल्लाह दिइयो । तर, केही दिनपछि उनलाई शारीरिक सम्बन्धमा कुनै समस्या नहुने चिकित्सकहरूले दाबी गरेका छन् ।

सम्बन्ध बनाउने क्षमता
अस्पतालका युरोलोजी विभागका प्रमुख डा. दिलीप चौरसियाका अनुसार दुई महिनाअघि पनि ती युवकले उनलाई सम्पर्क गरेका थिए । चौरसियाले भन्नुभयो, ‘विवाह अघि पनि भायग्रा प्रयोग गर्थे र विवाहपछि डोज बढाए ।

यसको साइड इफेक्टमा उनले शारीरिक सम्पर्क गर्ने क्षमता गुमाए र बच्चा उत्पादनको विउ स्खलन पनि बन्द भयो । शल्यक्रियाका क्रममा उनको नीजि अंगमा पेनाइल प्रोस्थेसिस प्रत्यारोपण गरिएको छ, जसको लागत ३५ हजार रुपैयाँ (भारु) थियो ।’

बिरामीको अवस्था सामान्य रहेको र एक सातापछि अस्पतालबाट डिस्चार्ज हुन सक्ने बताइएको छ । डाक्टरको सल्लाह लिएर मात्र भायग्राको प्रयोग गर्नुपर्छ । किनकी भियाग्राको ओभरडोजले समस्या निम्त्याएको यो पहिलो पटक होइन ।

औषधिको ओभरडोजले बेला बेलामा गम्भीर समस्या निम्त्याउन सक्छ । धेरै मानिसहरू पहिलेदेखि नै अन्य रोगबाट पीडित हुन्छन्, त्यसैले तिनीहरूले भायग्रा प्रयोग गर्नु अघि चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

भायग्रा
भायग्रा को वास्तविक नाम सिल्डेनाफिल साइट्रेट हो । सन् १९९० को दशकमा अमेरिकी औषधि कम्पनी फाइजरका अनुसन्धानकर्ताहरूले मुटुसम्बन्धी रोग ‘एन्जाइना’ को उपचारका लागि ‘सिल्डेनाफिल’ नामक नयाँ औषधिको परीक्षण गरिरहेका थिए ।

तर त्यो औषधिले छातीको दुखाइ कम गर्न मद्दत गरेन । तर पनि, पुरुषहरूमा थप अन्य असर देखियो । धेरै पुरुषहरूले औषधि खाएपछि नीजि अंग खडा हुने गरेको गुनासो गरे । अनुसन्धानकर्ताहरूले यसको अध्ययन गरेर भियाग्रा बजारमा ल्याएका हुन् ।

अर्को भाषमा यसलाई ‘ब्लु पिल’ पनि भनिन्छ । कम्पनीले पुरुषहरुबाट पाएको प्रतिक्रियामा थप काम गर्यो, यो औषधि १९९८ मा पहिलोपटक संसारभर आएको हो ।

यसले रक्त परिसंचरण बढाउन मद्दत गर्दछ । भायग्राले इरेक्टाइल डिसफङ्क्शनको उपचार गर्न र शारीरिक सम्बन्धको समयमा उर्जा बढाउन मद्दत गर्दछ । तर यो हरेक शारीरिक सम्बन्धमा देखिने समस्याको समाधान होइन, त्यसैले भियाग्रा प्रयोग गर्नु अघि आफ्नो समस्याहरूको बारेमा चिकित्सकहरुसँग परामर्श लिने गर्नुपर्छ ।