चाउचाउले बनायो एक दम्पतीलाई अलग, घटना थाहा पाउँने जो कोही चकित !

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

चाउचाउले एक दम्पतीलाई अलग बनाएको छ । दुई मिनेट भित्र तयार हुने चाउचाउका कारण कसरी सम्बन्धविच्छेद हुन सक्छ भनेर तपाईंले सोचिरहनु भएको हुनुपर्छ ।

बच्चाहरूलाई भोक लागेमा आमाले तत्काल चाउचाउको परिकार तयार पार्नुहुन्छ ।

तर तब के हुन्छ ? जब एक महिलाले बिहान, दिउँसो र साँझ तीनै पटक चाउचाउ मात्रै पकाउँछिन् ।

सबैलाई हैरान बनाउने यस्तै एक घटना अहिले बाहिर आएको छ । एक महिलाले खाजा र खानाका रुपमा तीन छाक चाउचाउ नै ख्वाउने गरेको खुलेको छ । भारत, कर्नाटक, मैसूरको यो दम्पतीको खबर सुनेर धेरै जना चकित छन् ।

यो कुरा सुन्दा तपाईलाई निकै अनौठो लाग्न सक्छ तर यो सत्य हो । एक महिलाले बिहानको नास्ता, दिउँसो र बेलुकाको खानामा श्रीमानलाई म्यागी (चाउचाउ) मात्रै खुवाउने गरेको खुलेको छ ।

श्रीमानले एक दिन पर्खे, दुई दिन पर्खे तर हरेक दिन यो परिकार खाएपछि उनको अवस्था बिग्रियो ।

हैरान भएका उनले अन्तिम अवस्थामा पुगेर आफ्नी श्रीमतीसँग तत्काल अलग हुन पाउ भनेर अदालतमा निवेदन दिए । म्यागी प्रकरणको सुनुवाइपछि न्यायाधीश पनि छक्क परेका थिए ।

यो अनौठो घटना सार्वजनिक भएपछि न्यायाधीश छक्क परेका हुन् । अदालतले यस घटनालाई म्यागी केसको नाम दिएको छ । अन्ततः श्रीमानको पीडा बुझेर अदालतले दुवैको सम्बन्धविच्छेद गरायो ।

श्रीमान्–श्रीमतीको आपसी सहमतिमा सम्बन्धविच्छेद भएको हो । अहिले दुवैको बाटो फरक छ । सम्बन्धविच्छेद मुद्दाको सुनुवाइ मे २७ मा भएको थियो ।

न्यायाधीशले सोही दिन सम्बन्धविच्छेदको फैसला पनि सुनाए । श्रीमतीलाई म्यागी बाहेक अरु केहि बनाउन नआउने पनि बताइएको छ ।

त्यहाँ एक व्यक्तिले मैसूरको प्रधान तथा जिल्ला सत्र अदालतमा आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदको मागसहित मुद्दा दायर गरेका थिए ।

यो मुद्दा सुनुवाइका लागि २७ मेमा न्यायाधीश एमएल रघुनाथको इजलासमा ल्याइयो । त्यहाँ ती व्यक्तिले आफ्नी श्रीमतीलाई म्यागी बाहेक अरु केही बनाउन नआउने बताए । उनले भने, ‘उनी हरेक बिहान, दिउँसो र बेलुका म्यागी मात्र बनाउँछिन् ।’

हरेक महिना खानाको नाममा घरमा चाउचाउ मात्र आउँने गरेको थियो । न्यायाधीशले सबै कुरा सुने र दुवैको सम्बन्धविच्छेद गर्दिएका हुन् ।

सामान्यतया सम्बन्धविच्छेदका मुद्दाहरूमा पहिले मेलमिलापको प्रयास गरिन्छ । मुद्दाको सुनुवाइमा दुवै पक्षलाई आपसमा कुरा गरेर टुङ्गो लगाउन समय दिइन्छ ।
कतिपय अवस्थामा दम्पतीहरु आफ्नो विगत बिर्सेर पुनः एकसाथ आउन तयार हुन्छन् । तर यस प्रकरणमा भने त्यस्तो भएन । कोही विगतबाट सिक्न तयार नभएपछि अदालतले सम्बन्धविच्छेदको फैसला सुनाएको हो ।