रामचन्द्र पौडेलकी छोरी चार तलाबाट खसेर घाइते, आइसियुमा उपचार हुँदै

रेडियो दर्पण संवाददाता

२७ जेठ, काठमाडौं ।

कांग्रेस नेता रामचन्द्र पौडेलकी छोरी चार तला अग्लो घरबाट खसेर घाइते भएकी छिन् । चार तलामाथि खसेर घाइते भएपछि पौडेलकी ५० वर्षीय छोरी संज्ञा पाेखरेलको अहिले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गम्भीर घाइते भएपछि आइसियुमा राखेर उनको उपचार भइरहेको हो । घटनालगत्तै उनलाई मनमोहन अस्पताल लगिएको थियो । शरिरमा धेरै नै चोटपटक लागेपछि उनलाई थप उपचारको लागि ट्रमा सेन्टरमा लगिएको हो ।

उनको दायाँ खुट्टा दुई ठाउँमा भाँचिएको छ । दायाँ हात पनि भाँचिएको अस्पतालले जनाएको छ । कम्मरको हड्डी पनि भाँचिएको छ । शरिरका विभिन्न भागमा चोट लाग्नुका साथै अनुहार भरि चोट लागेको अस्पतालको भनाई छ ।

गम्भीर घाइते भएकी पोखरेलको क्रिटीकल केयर गरेर उपचार गर्नुपर्ने अस्पतालको भनाई छ । छोरीको अवस्था बुझ्न पौडेल अस्पताल पुगेका थिए ।

पवन हमालसहितका चिकित्सक उपचारमा खटिएका छन् ।