प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्दै गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठको दाबी !

रेडियो दर्पण संवाददाता

२७ जेठ, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित भएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।नेकपा एकीकृत समाजवादीले आफूले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहेका बेला प्रधानमन्त्री देउवाले बजेट पारित हुनेवित्तिकै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।

अब नेकपा नेकपा एकीकृत समाजवादीले सिफारि गरेको मात्रै नभई अन्य दलका पनि मन्त्रीहरू फेर्ने गरी छलफल भइरहेको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बजेट पारित भएपछि अर्थमन्त्री फेर्ने सहमति शीर्ष तहमा भएअनुसमार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिने तयारी भएको छ ।

उनलाई अर्थमन्त्री बनाउने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेतालाई जानकारी गराएका छन् । अर्थमन्त्रालय कांग्रेसले नै राख्न दातृ निकायले समेत सुझाव दिएपछि कार्कीलाई जिम्मा दिन लागिएको स्रोतले जनाएको छ ।

त्यस्तै अर्थमन्त्रालय कांग्रेसले लिएपछि गृह मन्त्रालय माओवादीको भागमा पर्ने एक नेताले बताए । माओवादीबाट उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउन आवश्यक तयारी सुरु भएको छ ।

प्रचण्डले पार्टी बैठकबाट महासचिव लगायत पदाधिकारी चयन गर्नुअघि नारायणकाजीलाई गृहमन्त्री बनाएर वि’वा’द टुं’गो लगाउने प्रयत्न गरिरहेको बुझिएको छ । यसअघि नेकपा एकीकृत समाजवादीले आफ्ना नयाँ मन्त्रीहरुको नाम लिस्ट प्रधानमन्त्री देउवालाई बुझाइसकेका छन् ।

यसअघि आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा ६ महिना पूरा भएका मन्त्रीहरू रामकुमारी झाँक्रि, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडा, मेटमणी चौधरीलाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।

समाजवादीले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्ने, चौधरीसहित शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने र हिराचन्द्र केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।