विदेशबाट अब यस्तो सामानहरु ल्याउन नपाइने !

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

विदेशबाट सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातलाई नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । उच्च व्यापारघाटा र रेमिट्यान्स घट्दा वैदेशिक मुद्रा संचितिमा समेत दवाव बढ्दै गएपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो ।सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित हुने व्यवस्था गरेको छ ।

निर्देशन अनुसार यी सामानहरु चिनीरचकलेट, ल्वाङ, मिनरल वाटर, मदिरारभिनागर, चुरोटरसुर्तिजन्य वस्तु, कस्मेटिक सामान, काठका सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठि, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु तथा सुनचाँदीलगायतका वहूमुल्य सामान आयातमा राेक लागाइएकाे हाे ।

निर्देशन अनुसार यी सामानहरु आयात गर्नका लागि आयातकर्ताले प्रतितपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी विद्युतिय बाहेकका गाडी र मोटरसाईकल आयातको लागि समेत ५० प्रतिशत नगद मार्जिन राख्न निर्देशन गरेको छ ।

उक्त मार्जिन रकमका लागि बैंकहरुले ऋण दिन नपाउने र मार्जिन वापत जम्मा भएको रकममा व्याज समेत दिन नपाइने राष्ट्र बैंकको निर्देशनमा व्यवस्था छ ।
जस्तोकि:

यदी तपाइँले ५० ग्रामसम्मको सुनको गहना ल्याउनु भएको छ भने कुनै शुल्क तिर्नुपरेन तर ६० ग्राम ल्याउनुभएको छ भने ५० ग्रामसम्म निशुल्क भएपनि थप १० ग्रामको रु. ८५००/- शुल्क तिर्नुपर्ने हुन्छ । यही दरले ७० ग्रामको १७,०००/-, ८० ग्रामको २५,५००/-, ९० ग्रामको ३४,०००/- र १०० ग्रामको ४२,५००/- तिर्नुपर्ने हुन्छ ।

अब यो भन्दा बढी अर्को १०० ग्रामसम्मको परिमाणमा सुन ल्याउनु भएमा जति बढी ल्याउनु भएको छ, प्रति १० ग्रामको १०/१० हजार थप तिर्नुपर्ने हुन्छ । तर त्यो भन्दा बढी सुन ल्याएमा भने सरकारले जफत गर्नेछ ।

यदी विदेशबाट सुन ल्याउँदा व्यापारिक प्रायोजनको लागि सुन ल्याउने हो भने प्रति १० ग्राम सुनमा ६ हजार ५ सय तोकिएको छ ।

काँचो सुन ल्याउने नियम:

विदेशबाट फर्केका यात्रुले काँचो सुन ल्याउँदा भने ५० ग्रामसम्मको लागि प्रति १० ग्रामलाई ७ हजार ५ सय महसुल तिर्नु पर्नेछ । त्यस्तै, ५० देखि बढी थप ५० ग्रामसम्मको लागि भने प्रति १० ग्रामको ८ हजार ५ सय रुपैयाँ भन्सार दर निर्धारण गरिएको छ ।

जस्तोकि:

यदी तपाइँले ५० ग्रामसम्मको काँचो सुनको विष्कुट ल्याउनु भएको छ भने प्रति १० ग्राम ७५००/- को दरले ५० ग्रामको ३७५००/- तिर्नुपर्ने हुन्छ । त्यस्तै ५० ग्राम भन्दा बढी १०० ग्रामसम्म काँचो सुन ल्याउनुहुन्छ भने हरेक १० ग्राममा ८५०० को दरले महशुल तिर्नुपर्ने हुन्छ ।

यसरी हिसाव गर्दा तपाइले कुल १०० ग्राम काँचो सुन ल्याउनु भएमा कुल रु. ८०,०००/- महशुल तिर्नुपर्ने हुन्छ । तर १०० ग्राम भन्दा बढी काँचो सुन ल्याउनु भएमा भने सरकारले जफत गर्नेछ । यस्तै १० ग्रामसम्म चाँदी ल्याउँदा प्रति १० ग्राम ७५ रुपैयाँ तिर्नु पर्छ ।