शहरी विकासमन्त्री झाँक्रीले मागिन् दुई हात जोडेर माफी

रेडियो दर्पण संवाददाता

२७ जेठ, काठमाडौं ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले माफी मागेकी छन् । सिसडोलबासीको भावनामा चोट पुग्ने गतिविधि भएको भए आफूलाई माफी दिन दुई हात जोडेर आग्रह गरेकी हुन् ।

फोहोर व्यवस्थापनबारे छलफल गर्न मन्त्रालयको बोलाएको छलफलमा स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसदहरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमनको विरोध गरे ।

मन्त्री झाँक्रीले भने अब त्यहाँ जबर्जस्ती नहुने बताइन् । उनले भनिन् ‘मेरो अभिव्यक्ति, मेरो भनाइप्रति कसैलाई चोट पुगेको छ भने क्षमाप्रार्थी छु ।’

तर फोहोर व्यवस्थापनका विषयमा त्यहाँका स्थानीयले सहयोग गर्न पर्ने बताइन् । ‘फोहोर नफाल्ने ठाउँमा फोहोर फालेको छ, गन्तव्यसम्म फोहोर पुगेको छैन् ।’ उनले भनिन्, ‘यसरी काम चोरहरुको बारेमा हामीलाई सहि सूचना दिनुहोस् । हामी कारवाही गर्छौँ ।’

उनले स्थानीयका मागहरु जायज भएकाले सरकारले सम्बोधन गर्ने वचन दिइन् । ‘धेरै मागहरु जेन्युन छन् । केही मागहरु कठिन् पनि छन् तर असम्भव छैनन् ।’ उनले भनिन्, ‘केही समय लाग्छ । तपाईँहरुले यसका धैर्यता देखाउन पर्छ ।