घर जग्गाको मूल्य वृद्धि घट्यो!अब यति सस्तोमा पाइने भयो जग्गा

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

पछिल्लो समय नेपालमा समग्र घर जग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घर जग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो । घरजग्गाको मूल्य सूचकांक सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो । नेपालमा घरजग्गाको मूल्य सम्बन्धमा भएको यो पहिलो अध्ययन हो ।

अध्ययनले गत आर्थिक वर्ष ९आव० २०७७र७८ को पहिलो ९ महिनामा घरजग्गाको मूल्यवृद्धि कम भएको देखिएको हो । मालपोत कार्यालयबाट रजिस्ट्रेशन पास गर्दा राख्ने थैली रकम र वाणिज्य बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरूप राखिने घरजग्गाको मूल्यांकन सम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको हो । त्यसमा वाणिज्य बैंक धितो मूल्यांकनको आधारमा गत आवको ९ महिनामा घरजग्गाको मूल्यवृद्धि १६ दशमलव ३१ प्रतिशतमा झरेको छ ।

अघिल्लो आव २०७६\७७ यस्तो मूल्यवृद्धि २६ दशमलव ४५ प्रतिशत रहेको थियो। यस्तै, मालपोत कारोबारको आधारमा गत आवको समीक्षा अवधिमा यस्तो मूल्यवृद्धि १२ दशमलव ५७ प्रतिशतमा झरेको छ, अघिल्लो आवमा भने यस्तो मूल्यवृद्धि १९ दशमलव ७३ प्रतिशत रहेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।