बालेनले प्रधानसेनापति शर्मालाई भेट्नुको रहस्य खुल्यो

रेडियो दर्पण संवाददाता

३० जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० ले सपथ लिएर पदभार ग्रहण गरे लगत्तै प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्न सिधै शैनिक मुख्यालय पुगे । सिधै शैनिक मुख्यालयमा गएर पहिलो औपचारिक भेटवार्ता गरेपछि धेरैले उनको आलोचना पनि गरे ।

उक्त भेटको रहस्य बल्ल खुल्न थालेको छ । काठमाडौं महानगरपालिका स्थिति सुन्धारामा पानी नआएको लामो समय भयो । उक्त धारमा पानी खसाल्नका लागि बालेनले शर्मासँग भेट्घात गरेका हुन् ।

उनीसँगको भेटपछि पहिलो पटक सुन्धारा पुगेका शाहले सुन्धारामा सुनको धाराबाट पानी झार्ने घोषणा गरेका छन्। उनले त्यहाँस्थित सुनको धाराबाट पानी लानका लागि आवश्यक पर्ने सबै विषयको बारेमा जानकारी लिएका थिए।

उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पानी ल्याउनका लागि पहल गर्ने बताए। संभव भएसम्म महानगरपालिकाको बजेटभित्रै रहेर सुन्धारामा पानी ल्याउने व्यवस्था गर्न शाहले निर्देश गरेका छन्।

‘सुरुमा पानी ल्याउने ब्यवस्था गरौं, अरु काम गर्न सजिलो छ,’ उनले निरीक्षणका क्रममा भने, ‘केयूकेएलमा भनेको मेसिन सोधेर टुँडिखेलबाट पानी ल्याउने व्यवस्था गरौं न त।’

मेयर शाहले पानी धरहरा र सेता टावरको आ–आफ्नै महत्व भएका कारणले दुवैको महत्व भएको बताए। ‘आफ्नो आमा बुबा अशक्त भए भन्दैमा आमा–बुबा भन्न छोड्नु भएननी त्यसैले धरहरा,धरहरा हो सेतो टावर, सेतो टावर नै हो,’ उनले भने।

शाहले यसबारे प्रधानसेनापति प्रभुराम शर्मासँगको भेटमा पनि आफ्नो छलफल भएको बताए। टुँडिखेलबाट पानी ल्याउने कुरामा प्रधानसेनापतिसमेत सकारात्मक भएको भन्दै कुनै अवरोध नहुने शाहको भनाइ छ।

सुनको धाराबाट पानी आएको हेर्न देशभरबाट पर्याटकको घुइचो लाग्ने बालेनको विश्लेषण छ । देशभरका नागरिकले सुनको धाराबाट पानी खाने पाउने भएपछि देशभरका नागरिकमा पनि खुशीयाली छाएको छ ।