विर्य बजारमा किन्न पाइन्छ,अव पुरुषको काम छैन :सावित्रा सुवेदी

रेडियो दर्पण संवाददाता

काठमाडौ ।

अभियान्त सावित्री सुवेदीले एक युट्युव च्यानललाई अन्तर्वार्ता दिंदै यस्तो विचार ब्यक्त गरेकी छिन् । जय नारीको नारा लिएर सामाजिक सन्जालमा चर्चित सुवेदीले पूर्वेली न्यूज च्यानललाई अन्तर्वार्ता दिने क्रममा यस्तो भनेकि हुन् ।

सावित्रा सुवेदीको नाम थाहा नपाउने अहिले महिला अधिकारका पक्षमा बोल्नेहरुले नसुनेको नाम पक्कै होइन । उनले गरेका कतिपय कृयाकलाप विवादित पनि बन्ने गरेका छन् । केही समय अघि उनले काठमाडौको माइतीघर मण्डलामा पेटिकोट मात्र लगाएर गरेको आन्दोलन चर्चामा थियो । त्यस्तै उनले कपाल मुण्डन गरेको अभियान पनि चर्चामा रह्यो ।

जय नारीको नारा बोकेर नारीको न्यायका लागि लड्दै आएकी मानवअधिकारकर्मी सावित्री सुवेदीले आफू ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी थिईन । ब ’ला ’त्का’रविरूद्ध पेटिकोट प्रदर्शन गरेर चर्चाको शिखरमा पुगेकी सुवेदीले पुरूषको शु क्रकिट भाडामा लिएर बच्चा जन्माउने बताउदै आएकी हुन् ।

खासगरी जय नारीका रुपमा परिचित सावित्रीले आफ्ना केही अंतरंग कुराकानी पनि गरेकी छन् । धेरैजसो पाइन्ट सर्ट लगाएको देखिने सावित्री नयाँ वर्षमा साडी लगाएर देखा परिन् । उनले आफ्नो पहिरनलाई लिएर कसैले छक्का कसैले केटा हो की भनेर गर्ने गरेको टिप्पणी प्रति पनि प्रतिकृया दिएकी छन् ।

उनले आफु पनि एक स्वस्थ्य र पुर्ण महिला भएको बताएकी छन् ।