हजुर आमाले नै १४ बर्षे नातिनीलाई यौ-नधन्दामा लगाएपछि….

रेडियो दर्पण संवाददाता

९ असार, काठमाडौं ।

अर्घाखाँचीमा गत जेठ १ गते देखि यता एक युवकद्वारा पटक पटक बालिकालाई ब ला त्कारको शिकार बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्ने एक महिला भएको प्रहरीले खुलासा गरेको छ ।

सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले पटक पटक ब ला त्कार गर्ने गरेको यहि असार ५ गते जाहेरी परेको थियो । तत्पश्चात ती बालिकालाई ब ला त्कार गराउनमा हजुर आमा नाता पर्ने छिमेकी ४० बर्षीया महिला नै मुख्य सहयोगी रहेको खुलासा भएको हो ।

पीडित पक्षले दिएको जाहेरी अनुसार गत हजुर आमाजेठ १ गते राती ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ , बिस्कुट खान जाउँ भन्ने आश्वासन दिदै ब ला त्कारको शिकार बनाएकी थिइन् ।

त्यस यता पनि उनले आफ्नो घरमा र पटक पटक जंगल लगायत विभिन्न स्थानमा लगेर न्यौपानेबाट ब ला त्कार गराई पैसा समेत लिने गरेको पाईएकोले ती दुबैलाई प क्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादुर थापा क्षेत्रीले बताए ।

उनीहरु दुबै जना बिरुद्ध मानव बेचबिखन तथा ओसार पसार र ज बरज स्ती क रणी कसुरमा मुद्धा दर्ता गरि अदालतमा पेश गरि ६ दिन म्याद थप्दै अनुसन्धान अगाडी बढाईएको डिएसपी थालाले जानकारी दिए ।

ब ला त्कार पश्चात उनको स्वास्थ्य अवस्था बिग्रिँदै गए पछि कक्षा ६ मा पढ्ने उनी विद्यालय जान पनि छाडेकी छन् । उनी घरमा समेत बेला बेलामा बर्बराउँदै मध्यरातमा बाहिर जाने गरेकी छन् ।