मध्यराति टिकटकमा ‘एक्लै छु, मेरो घर आऊ’ भन्दै साथीलाई बोलाउने महिला पक्राउ !

रेडियो दर्पण संवाददाता

१८ साउन, काठमाडौं ।

टिकटकमा रमाउने धेरै छन्, तर त्यही टिकटकमा भिडियो बनाएर भाइरल हुने एक महिला पक्राउ परेकी छन् ।साउदी अरेबियाको प्रहरीले अ श्लील भिडियो बनाएको आरोपमा महिला ताला साफवानलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियोमा तालाले मध्यराति आफू एक्लै भएकाले घरमा आउन साथीलाई आग्रह गरेकी छन् ।

साथीले रातिको ३ः३० बजेको र आउन नसक्ने जवाफ दिएपछि तालाले भनेकी छन्, ‘यो त झन् राम्रो भयो, किनकि यतिबेला सबै सुतेका छन्, तिमी मेरो घरमा आएको कसैले थाहा पाउँदैनन्, मैले तिमीसँग के गरे भन्ने पनि थाहा पाउँदैनन्, हामीलाई कस्तो मजा आउला !’

भिडियो बाहिरिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । महिला साथीलाई नै अ”श्लील भिडियो पठाएपछि उनलाई समलैंगिकताको आरोपमा प’क्राउ गरिएको छ । साउदीमा समलैंगिकता प्रतिबन्धित छ ।

सर्वसाधारण ठग्ने मेनपावर सञ्चालकविरुद्ध मुद्दा दायर
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ सर्वसाधारणसँग झण्डै दुई करोड ठगी गरेको भन्दै मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक र कर्मचारीविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा आज मुद्दा दायर गरेको छ ।

सो मेनपावरका सञ्चालक र कर्मचारीले रोजगारीका लागि युक्रेनलगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट रु एक करोड ८६ लाख १५ हजार २०० लिई रोजगारीमा नपठाई ठगी गरेको विभागले जनाएको छ । आफूहरु वैदेशिक रोजगारीका क्रममा ठगिएकोे भन्दै पीडितहरुले विभाग उजुरी दिएका थिए ।

मेनपावर सञ्चालक रवीन्द्रकुमार श्रेष्ठ, भवानीप्रसाद कोइराला र यामबहादुर कार्की तथा कर्मचारी अमिर थुलुङले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ तथा गणेशप्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेकाले उनीहरुविरुद्ध ठगी गरेको रु एक करोड ८६ लाख १५ हजार २०० र सोको ५० प्रतिशत हर्जाना भराउन माग दाबी गर्दै मुद्दा दायर गरिएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो ।