जापान उड्न नपाउँदै प्रचण्डले सुन्नपर्यो अत्यान्तै दुःखद खबर, देउवाले खेले मेनरोल

रेडियो दर्पण संवाददाता

२० साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) उच्चस्तरिय राजनीतिक भ्रमणका लागि जापान जाँदैछन् । जापान उड्न अघि अध्यक्ष प्रचण्डले अत्यन्तै दुःखद खबर सुन्न परेको छ ।

नेकपा माओवादीमा प्रचण्डलाई टक्कर दिन सक्ने नेताको कमी छ । अलिअलि जोरी खोजेजस्तो गर्ने वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई प्रचण्डले राष्ट्रियसभामा थन्क्याएका थिए । उनै श्रेष्ठ प्रचण्डलाई काउसो बन्नका लागि राष्ट्रियसभाबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा लड्ने भएपछि प्रचण्डलाई टाउको दुःखाईको विषय बनेको छ ।

राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्न नपाइने भएपछि श्रेष्ठ प्रतिनिधिसभाको निर्वाचनका लागि मैदानमा उत्रिन लागेका हुन् । प्रतिनिधिसभाबाट निर्वाचित भएर आए प्रचण्डका लागि काउसो बन्ने भएपछि उनलाई छट्पटी भएको छ । गोरखा क्षेत्र नम्बर २ बाट गठबन्धनको तर्फबाट श्रेष्ठ चुनाव लड्ने तयारी गरेका छन् ।

प्रचण्ड हरेक पटक माओवादी केन्द्रको संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित हुँदै आएका छन् । श्रेष्ठ निर्वाचित भएर आए प्रचण्डण्लाई संसदीय दलको नेता बन्नबाट रोक्ने छन् । संसदीय दलको नेता निर्वाचित भएपनि प्रचण्डले श्रेष्ठको सामन गर्न पर्ने धेरैले विश्लेषण गर्न थालेका छन् ।

नारायणकाजी श्रेष्ठलाई बालुवाटारले उचालेको भएर राजीनामा लागेको धेरैले शंका गरेरका छन् । प्रचण्डलाई साइजमा राक्नका लागि उनको विकल्प खडा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले रोल खेलेको बताइएको छ । प्रचण्डले चुनाव अगाबै आफू प्रधानमन्त्री बन्ने सुनिश्चित खोजेकाले पनि देउवाले डबल रोल खेलेको हुनसक्छ ।

पार्टीले टिकट दिएमा नारायणकाजी चुनाव लड्ने उनको सचिवालयका एक सदस्यले बताए । ‘उहाँ (स्थानीय चुनावमा) निक्कै खट्नु भयो । कुल ११ स्थानीय तहमध्ये ९ पालिका जिताउन लागि पर्नुभयो’ सचिवालय सदस्यले भने, ‘जिल्लाका नेता कार्यकर्तालाई भेटि राख्नुभएको छ । जिल्लामा नियमित गई राख्नुभएको छ । सबै परिस्थितिले उहाँ चुनाव लड्ने तयारी गर्नुभएको छ ।’

गोरखाका दुई क्षेत्रमध्ये श्रेष्ठ क्षेत्र नम्बर २ को प्रतिनिधित्व गर्छन् । ती दुई क्षेत्रमध्ये एक माओवादी प्रभाव क्षेत्र भएकाले काँग्रेसले पाउने सम्भावना छैन, त्यसो हुँदा क्षेत्र नम्बर २ काँग्रेसले दाबी गर्ने देखिएको छ ।

त्यसो हुँदा गठबन्धनबाट श्रेष्ठलाई सजिलै टिकट पाउने सम्भावना कम छ । त्यसैले माओवादी कतिपय नेताहरुले क्षेत्र नम्बर १ मै आउन सुझाव दिने गरेका छन् । २०७४ सालको प्रतिनिधिसभा चुनावमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग ६ हजार ८ सय ७४ मतले पराजित भएका थिए ।

श्रेष्ठ एमाले माओवादी गठबन्धनबाट उम्मेदवार हुँदा २४ हजार ९३३ मत ल्याएका थिए भने भट्टराईले ३१ हजार ८०७ मत ल्याएर विजयी भएका हुन । भट्टराई पाँच दलीय गठबन्धनबाट छुटिएपछि श्रेष्ठलाई टिकट ल्याउन सजिलो हुने भएको छ । यदि भट्टराई चुनावमा उठेमा श्रेष्ठसँगै प्रतिस्पर्धा हुने भएको छ ।

२०७० सालको चुनावमा श्रेष्ठ मकवानपुरबाट पराजित भएका थिए । पहिलो संविधान सभा निर्वाचनमा भने समानुपातिक सांसद भएका थिए ।