कतारले विश्वकपमा हल्ला गर्न समर्थकलाई भाडामा ल्याउने, तलब यति धेरै दिने..!

रेडियो दर्पण संवाददाता

२१ साउन, काठमाडौं ।

फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता विश्वकप सुरुहुन एक बर्ष बाँकी रहेको छ । यस्तैमा कतारले यसलाई भब्य बनाउनका लागि विभिन्न योजनाहरु बनाइरहेको छ ।

यो पटकको विश्वकपका लागि ५ दशमवव तीन बिलियन पाउण्ड खर्च हुने अनुमान गरिएको छ । यसका लागि कतारले अहिलेसम्म विश्वकपमा प्रयोग नभएको सिस्टम रंगशालामा प्रयोग गर्दैछ ।

यस्तैमा कतारले अहिलेबाट नै देशमा विश्वकपको माहोललाई बढाउन थालिसकेको छ । सुपर स्टार फुटबलर नेयमारको तस्विरलाई सबै कतार नेशनल बैंकको शाखा र मेट्रो स्टेसनमा राख्न थालेको छ ।

यस्तै रोबर्ट लेवान्दोस्कीलाई कतार एयरवेजले आफ्नो सेफ्टी भिडियोमा प्रयोग गरेको छ । यस्तै प्रतियोगिताका सदभावनादुत डेविड बेकह्यामलाई भरपुर प्रयोग गरेर यसको प्रचार गर्ने योजना बनाएको छ । यसका लागि बेकह्याम अर्को साता हुने कतार ग्राण्डपिक्सका लागि दोहो पुग्दैछन ।

कतारको हामद अन्तराष्ट्रिय विमानस्थलमा विश्वकपको प्रमोसनल भिडियो राखेर अहिलेबाट नै सबैलाई चासो दिलाउने तरिकाले काम गरिरहेको छ ।

क्षेत्रफलका आधारमा सानो देश भएपनि कतारल विश्वकप आयोजनाको जिम्मा लिनु र यसकालागि विलियन डलर खर्च गर्नु आफैमा पनि ठूलो चुनौती हो । यसले पुर्वाधार निर्माणका बेला मानव अधिकार हनन गरेको र धेरै जनाले ज्यान गुमाउनु परेको भन्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले विरोध नै गरेका थिए ।

तर कतारले विश्वभर बाट १० लाख भन्दा बढि समर्थक भित्र्याउने लक्ष्यका साथ विश्वकपको तयारी अन्तिम चरणमा पुर्याएको छ । यसका साथै उसले सबै सेवा सुविधापनि तयार पारेको छ ।

यसका लागि कतार सरकारले केहि नियम बनाएको छ । जसमा बाहिरबाट आएका कामदारलाई अर्को अगष्टसम्म कतार छोड्नुपर्ने र सरसफाइमा आएका कामदार र बगैचामा काम गर्नेलाई मात्र बस्न पाउने बताएको छ ।

कतारले यो बेला बसोबारबा लागि बनाएको होटेलको मुल्य महंगो बनाउने पक्का छ । त्यसका लागि उसले विभिन्न होटेलहरु तयार पारेको छ । विश्वकपका बेला कतार पुग्नसंक्ने संभावित १३ लाख समर्थकका लागि एक लाख ३० हजार कोठाहरु बनाइनेछ । मरुभूमीमा आकर्षक तरिकाले बनाइएका टेष्टको मूल्यमात्र एक रातको एक सय ५० पाउण्ड राखिने बताइएको छ ।

यस्तै कतारले चार हजार पयर्टक अटाउने दुई तले क्रुजपनि भाडामा लिने भएको छ । जुन समुन्द्रमा तैरिरहनेछन । यस्तै होटलमा खटाउनका लागि १० हजार युरोपियन स्टाफलाई बोलाउनेछ ।

सबैभन्दा नयाँ कुरा कतारले विश्वकपका बेला मैदानमा पुगेर समर्थन गर्ने दर्शकको हल्लालाई अझ बढाउनका लागि ह”ल्ला मात्र गर्नका लागि समर्थक ल्याउने भएको छ ।