विदेशी कामदार भर्तीमा कोटा व्यवस्था मा हेर फेर गरि घुस लिएको आरोपमा दुई जना दलाल पक्राउ

रेडियो दर्पण संवाददाता

२५ साउन, काठमाडौं ।

मलेसियाको भ्रष्टाचार विरोधी आयोग (MACC) ले विदेशी कामदार भर्तीमा घुस लिएको आरोपमा दुई जना दलाललाई पक्राउ गरेको छ ।

एक MACC स्रोतले भने कि ३० र ५० वर्षउमेर को दुई स्थानीय पुरुष संदिग्ध एक व्यापारी र एक रोजगार एजेन्सी मालिक हुन् । उनीहरुलाई हिजो राति १० बजेदेखि मध्यरातको बीचमा एमएसीसीको पुत्रजयास्थित मुख्यालयबाट पक्राउ गरिएको हो ।

बिदेशी कामदार को कोटा व्यवस्था मा हेर फेर गरि ठुलो कम्पनी लाई मात्र धेरै कामदार को कोटा दिने गरिएको थियो। नेपाल मा २ लाख लागत पुग्ने कारण येही नै हो कि मलेशिया मा दलाल हरु ले १ जना कामदार को कोटा बराबर RM १००० देखि RM १५०० लिने गरेका छन् मलेशिया कम्पनी हरु संग।

स्रोत को अनुसार “व्यवसायीले RM १० लाख भन्दा बढी घुस लिएकोमा अनुसन्धान भइरहेको छ, जबकि रोजगार एजेन्सी मालिकले विदेशी कामदारको आवेदनका लागि प्लेटफर्म प्रदान गर्ने कम्पनीलाई घुस दिएको आशंका छ ।

मजिस्ट्रेट इर्जा जुलैखा रोहानुद्दीनले दुवै आरोपीलाई आजदेखि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

मलेसियाबाट फर्किसकेको भएमा

मलेसिया बाहिर भएका विदेशी कामदारले कालोसूचीमा परे/नपरेको जाँच गर्ने कुनै अनलाइन माध्यम छैन। पासपोर्टमा प्रतिबन्ध लागेको छ छैन भनेर मलेसियन अध्यागमन मार्फत नै जाँच्नुपर्ने हुन्छ। मलेसियाबाट फर्किसकेको भए नेपाल स्थित मलेसियन राजदूतावासमा जानुपर्छ। त्यहाँ पुगेर आफ्नो अध्यागमन स्थिति बारेमा सोधपुछ गर्न सक्नुहुन्छ।

यसका लागि तपाईँ आफै उपस्थित हुनुपर्छ।साथै पासपोर्ट वा मलेसियामा काम गर्दा भएको आइडी चाहिन्छ।मलेसियाको गोपनीयताको कानुन एकदम कडा हुने कारणले गर्दा विवरण आउन केही समय लाग्छ।

मलेसियामा साथीभाइ भएमा

तपाईँको कोही साथी मलेसियामा कार्यरत छन् भने उनलाई आफ्नो पासपोर्ट नम्बर वा आइडी नम्बर पठाएर पनि चेक गर्न लगाउन सक्नुहुन्छ। यसो गर्दा मलेसियाको अध्यागमन विभागमा नै जानुपर्छ।

के कस्तो प्रतिबन्ध लाग्न सक्छ?

निश्चित समयको लागि प्रतिबन्ध लाग्दा पासपोर्टमा प्रतिबन्ध लाग्ने अवधिको स्ट्याम्प सहित डिपोर्ट गरिन्छ।जस्तै Overstay गरेर कानुनी प्रक्रिया पुरा गरेर फर्किदा ३-५ वर्षको प्रतिबन्ध लाग्न सक्छ।सामान्य कारणले प्रतिबन्धमा पर्दा निश्चित अवधिको लागि प्रतिबन्ध लाग्छ।स्थायी रूपमा प्रतिबन्ध लागेको हो भने प्रतिबन्ध लागेको स्ट्याम्प मात्र पासपोर्टमा लाग्छ अवधि तोकिएको हुँदैन।

यदि कुनै अपराधमा संलग्न भएर कालोसूचीमा परेको हो भने स्थायी रूपमा प्रतिबन्ध लाग्छ। लागेको प्रतिबन्ध हटाउन मिल्छ?

एक पटक प्रतिबन्ध लागेपछि हटाउन निक्कै गाह्रो हुछ। प्राय: जसो अवस्थामा हट्दैन। कति दलालहरूले पैसा लिएर प्रतिबन्ध हटाउने भनेर ठग्न सक्छन्। यस्तोमा भ्रममा परेर ठगीमा नपर्नु होला।