एक व्यक्तिले जथाभावी बन्दुक चलाउँदा अमेरिकामा तीन जनाको मृत्यु

रेडियो दर्पण संवाददाता

१३ भदौ, एजेन्सी,न्युयोर्क।

अमेरिकी सहर डेट्रोइटमा तीनजनालाई गोली हान्ने एक संदिग्ध व्यक्तिलाई प्रहरीले खोजी सुरु गरेको छ। सहरका विभिन्न स्थानमा भएका गोली आक्रमणका दुई पीडितमध्ये दुई महिला र एक पुरुष छन्।

उनीहरूको शरिरका विभिन्न स्थानमा गोली लागेको उक्त सहरका प्रहरी प्रमुख जेम्स ह्वाइटले बताए। आक्रमणकारी कारभित्र पसेर भागेको पीडितमध्येका चौथा व्यक्तिले बताए। आक्रमणकारीले उनलाई पनि गोली हानेका थिए।

गोली लागेर तीन जनाको मृत्यु भएको छ। संदिग्धको तस्बिर सार्वजनिक गरेर उनलाई चिन्नेले जानकारी दिन प्रहरीले सबैलाई अनुरोध गरेको छ। ‘ती व्यक्तिले जथाभावी गोली हानेका थिए’, ह्वाइटले भने।

‘एक जना बस पर्खिरहेका थिए, अर्का कुकुरलाई डुलाउँदै थिए र तेस्रा व्यक्ति बाटोमा हिँडिरहेका थिए’, पीडितबारे प्रहरी प्रमुख ह्वाइटले भने।

ऊर्जामन्त्री भुसालसँग स्लोभाक गणतन्त्रका राजदूतको भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्लोभाक गणतन्त्रका नवनियुक्त राजदूत रोबर्ट म्यक्सियनले भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र जल तथा मौसम विज्ञानका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा मन्त्री भुसालले विगत २० वर्षदेखि दुई देशबीच रही आएको सुमधुर सम्बन्ध मित्रता, हार्दिकता, आपसी सहकार्य र सद्भावमा आधारित रहेको उल्लेख गर्दै युरोपेली सङ्घको सदस्य मुलुक स्लोभाकले नेपालको सामाजिक एवं आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा अभार व्यक्त गर्नुभयो ।

विकास साझेदार मुलुकको सहयोगमा नेपालले सुशासन एवं सामावेशी नागरिक सहभागिताको लक्ष्यमार्फत स्थितरता, प्रगति एवं दिगो विकासका लक्ष्य प्राप्त गर्ने उद्देश्य लिएको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जलवायु परिवर्तन एवं मौसम पूर्वानुमानका विषयमा स्लोभाकसँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो ।

नेपालको आर्थिक विकासको प्रमुख आधारमध्ये पर्यटन प्रवद्र्धन एक रहेको बताउँदै उहाँले उल्लेख्यमात्रामा नेपाल आउने स्लोभाक पर्यटकका कारण दुई देशबीचमा जनस्तरको सम्बन्ध पनि विकास भएकामा खुसी व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूत म्यक्सियनले नेपाल र स्लोभाक गणतन्त्र दुवै भूपरिवेष्ठित मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

आफ्नो देशमा मौसससंग सम्बन्धित प्रविधिको राम्रो विकास भएको जानकारी गराउँदै उहाँले स्लोभाकमा उत्पादन भएका राडारसहित यस्ता प्रविधि उपलब्ध गराएर पूर्बाधार विकासमा सहकार्य गर्न सकिने विश्वास दिलाउनुभयो । भेटमा सहसचिवद्वय बाबुराम भण्डारी, चिरञ्जीवी चटौतसहित परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो ।