मलेसियामा शक्तिशाली भुकम्प, कस्तो छ नेपालीको अवस्था ?

रेडियो दर्पण संवाददाता

१३ भदौ, काठमाडौं ।

मलेसियामा शक्तिशाली भूकम्प गएको छ । राजधानी क्वालालम्पुरबाट दक्षिण पश्चिम क्षेत्रलाई केन्द्र बिन्दु बनाएर सोमबार बिहान ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको मलेसियाको भूकम्प मापन केन्द्रले जनाएको छ ।

राजधानी क्वालालम्पुरबाट ५६६ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा केन्द्र रहेको उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेर ५९ मिनेट जाँदा उक्त भूकम्प गएको हो ।

भूकम्पले पुर्‍याएको भौतिक तथा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन् । यसअघि सुमात्रा टापुको दक्षिण पश्चिम टापु क्षेत्रमा भूकम्प जाँदा पानीको प्रबाह रोकिएको थियो ।

भूकम्पको केन्द्रबिन्दु समद्री तटबाट ६४ किलोमिटर टाढाको समुद्रमा रहेको जनाइएको छ । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।

देशभर दश हजार सङ्क्रमित उपचार बाहिरै

नेपालमा हाल ३० हजारको हाराहारीमा एचआइभी सङ्क्रमित रहेको र तीमध्ये २० हजार मात्र उपचारको दायरामा आएको तथ्याङक छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालले सन् २०३० सम्ममा एचआइभी सङ्क्रमण न्यूनीकरण गर्ने अन्तरराष्ट्रिय प्रतिबद्धता जनाएको छ ।

सो अनुसार सरकारले सन् २०२१ देखि २०२६ सम्मका लागि एनएचएसपी नामक रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । हरेक वर्ष ९५ प्रतिशत सङ्क्रमितको पहिचान, उपचार र भाइरल लोड कम गर्ने रणनीतिक योजनाको उद्देश्य छ ।

नेपाल सरकारले एचआइभी सङ्क्रमितका लागि एआरटीमार्फत दैनिक छ डलर मूल्य बराबरको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । औषधिले कति काम गरिरहेको छ भनेर हरेक छ महिनामा भाइरल लोड जाँच गर्नका लागि जिल्लाबाट काठमाडौँमा नै नमूना पठाउनुपर्ने झञ्झट हट्नसकेको छैन । पछिल्लो समय होटलमा हुने असुरक्षित यौन सम्पर्क र लागुऔषध प्रयोगकर्ताले प्रयोग गर्दै आएको असुरक्षित सुईका माध्यमबाट एचआइभी सङ्क्रमण बढ्दो पाइएको छ ।