आइफोन १४ सिरिजका ४ मोडल सार्वजनिक, सुरुवाती मूल्य ७९,९००

रेडियो दर्पण संवाददाता

२३ भदौ, काठमाडौं ।

आईफोन १४ शृङ्खला बुधवार क्यालिफोर्नियाको कपर्टिनोमा लन्च गरिएको छ । एप्पलले यस पटक आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो र १४ प्रो म्याक्स ल्याएर आएको हो ।

भारतमा आइफोन १४ शृङ्खलाका लागि प्रि–अर्डर ९ सेप्टेम्बर साँझ ५:३० बजेदेखि सुरु हुनेछ । आइफोन १४ प्लसबाहेक सबै सेप्टेम्बर १६ देखि उपलब्ध हुने जनाइएको छ । १४ प्लस ९ अक्टोबरदेखि उपलब्ध हुने कम्पनीले जानकारी गरायो ।

प्रारम्भिक मूल्य ७९,९०० रुपैयाँ
आईफोन १४ १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा ल्याइएको छ । भारतीय बजारमा मूल्य क्रमश: ७९,९००, ८९,९०० र १,०९,९०० रुपैयाँ तोकिएको छ ।

आईफोन १४ प्लस पनि सोही स्टोरेजमा आएको छ । आईफोन १४ प्लस मोडलहरूको मूल्य क्रमश: ८९,९०० ९९,९०० र १,१९,९०० रुपैयाँ तोकिएको जानकारी गराइएको छ ।

आईफोन १४ प्रो १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेजमा आएको छ । तिनीहरूको मूल्य क्रमश: १,२९,९००, १,३९,९००, १,५९,९०० र १,७९,९०० रुपैयाँ तोकिएको कम्पनीले जानकारी गरायो । आईफोन १४ प्रो म्याक्सको मूल्य १,३९,९००, १,४९,९००, १,६९,९०० र १,८९,९०० कायम भएको छ ।

शृङ्खला ८, एसई र अल्ट्रा वाच लन्च
कम्पनीले ठूलो डिस्प्ले र शरीरको तापक्रम सेन्सरलगायत थप स्वास्थ्य सुविधाहरूसहितको वाच सिरिज ८ लन्च गरेको छ । एसई, अल्ट्रा वाच र एअरपड्स प्रो २ पनि सार्वजनिक गरिएको छ ।

वाच सिरिज ८ को मूल्य ४५,९००, एसईको मूल्य २९,९०० रुपैयाँ छ । अल्ट्राको मूल्य रु ८९,९०० छ । श्रृंखला ८ र एसई सेप्टेम्बर १६ बाट उपलब्ध हुनेछ भने अल्ट्रा सेप्टेम्बर २३ बाट उपलब्ध हुनेछ।

एप्पलले सुरु गरेको एअरपड्स
एअरपड्स प्रो दोस्रो जेनेरेसन पनि कार्यक्रममा प्रस्तुत गरिएको छ । यसको मूल्य रु २६,९०० रहेको छ । यसको अर्डर सेप्टेम्बर ९ देखि गर्न सकिन्छ । यो २३ सेप्टेम्बर देखि उपलब्ध हुनेछ ।