अरु किशोरीहरुले पनि खोल्न थाले पोल,यसो छ सन्दीप लामिछाने भनाई !

रेडियो दर्पण संवाददाता

२६ भदौ, काठमाडौं ।

सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । बलात्का रको आरोप लागेका लामिछाने घटना सार्वजनिक भएको केही समयपछि बोलेका हुन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् उनले आफू निर्दोष रहेको र कानुनको सम्मान गरी केही दिनभित्रै देश फर्कने बताएका छन् ।

उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल) छोडेर नेपाल फर्कन लागेको जानकारी दिएका छन् । साथै आफूमाथिको आरोप सामना गर्न तयार रहेको उनले लेखेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको छ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बाहिरिएका छन् । नेपाल क्रिकेट संघले राष्ट्रिय टिमबाट निलम्बन गरेसँगै उनले वेस्ट इन्डिजको क्रिकेट लिग गुमाएका हुन् ।

सीपीएलमा सन्दीप जमैका तलावाजमा आबद्ध थिए । सो टिमले बिहीबार सन्दीपले तत्काल लागू हुने गरी प्रतियोगिता छोडेको जनाएको छ । आजै फेसबुक स्टाटस मार्फत सन्दीपले सीपीएलबाट बिदा लिएर नेपाल आउने जनाएका थिए ।

स्रोतका अनुसार सन्दीप एक–दुई दिनभित्रै नेपाल फर्किँदैछन् । पक्राउ पूर्जी जारी गरिएसँगै नेपाल प्रहरीले उनीसँग संवाद गरिरहेको स्रोतको भनाइ छ ।

सन्दीप नेपाली टिमको नेतृत्व गर्दै केन्या गएका थिए । त्यहाँ पाँच म्याचको टी–२० श्रृंखला खेलिसकेर उनी सीपीएलका लागि वेस्ट इन्डिज गएका हुन् । यद्यपि, जमैका तलावाजले तीन म्याच खेलिसक्दा सन्दीपले प्लेइङ ११ मा स्थान पाएका छैनन् ।

सीपीएलका अब बाँकी खेलसँगै उनको क्रिकेट करिअरमै प्रश्न चिन्ह खडा भएको छ । अन्य केही किशोरीहरूले पनि आफूमाथि लामिछानेले दुर्ब्यवहार गरेको भन्दै खुल्न थालेका छन्।

लामिछानले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै एक बालिका बाहेक अन्यको उजुरी प्रहरीमा नपुगेतापनि सामाजिक सञ्जालमा उनीहरूले आफू पनि लामिछानेबाट दुर्व्यबहारको शिकार भएको उल्लेख गरेको स्रोतको दाबी छ । नागरिक पत्रबाट

तीन वर्षमा ‘मिनी रङ्गशाला’ को ३३ प्रतिशत काम
सिन्धुपाल्चोकको सदरमुकाम चौताराको टुँडिखेलमा अत्याधुनिक ‘मिनी’ रङ्गशाला निर्माण थालिएको तीन वर्षमा ३३ प्रतिशत मात्रै काम भएको छ ।

बागमती प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, काभ्रेमार्फत रु ४१ करोड ६२ लाख लागतमा रङ्गशाला निर्माण सुरु गरिएको हो । निर्माण थालिएको तीन वर्षमा अपेक्षाअनुसार काम अघि बढ्न सकेको छैन ।

जिल्लामा खेलकुद गतिविधिलाई लक्षित गरेर निर्माण सुरु गरिएको रङ्गशालाको काम साढे दुई वर्षमा सकिनेगरी सम्झौता गरिएको थियो । ठेकेदार कम्पनीको लापर्वाहीले सम्झौता सकिएको पाँच महिनासम्ममा पनि जम्मा ३३ प्रतिशत मात्र काम भएको सार्वजानिक निर्माण कार्यान्वयन इकाइ भैँसेपाटीका प्रमुख डा चन्द्रप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार रङ्गशालाको पूर्वपश्चिम र उत्तरतर्फ दर्शक बस्ने ‘प्याराफिट’, ‘स्टेयर्स’, ‘सब्टिचुसेन एरिया’, सञ्चार क्षेत्र, ‘चेञ्जिङ रुम’, ‘फिजियोथेरापी रुम’, ‘रेफ्री रुम’ र ‘भिआइपी’ व्यक्तिका लागि विशेष रुम निर्माण गर्ने योजनारहेको छ । ठेकेदारले ढिलासुस्तीका कारण निर्माणको काम लम्बिएको छ ।

रङ्गशालाको हालसम्म छ वटा प्याराफिटमा दुई निर्माणको चरणमा छ भने तीन वटा ‘प्याराफिट’को काम सुरु नै भएको छैन । प्रदेश सरकारले छ हजार पाँच सय दर्शक क्षमता भएको रङ्गशाला निर्माण गर्न लागेको हो । रङ्गशाला निर्माणका लागि टक्सार÷शान्तिदेवी जेभीले ठेक्का पाएको छ ।

समयमै रङ्गशालाको निर्माण सम्पन्न हुन नसक्दा सुन्दर टुँडिखेल कुरुप बनेको स्थानीय होटल व्यवसायी रामचन्द्र नेपालले बताउनुभयो । उहाँका अनुसार निर्माणका क्रममा निस्किएको माटोले पानी पर्दा टुँडिखेल हिलाम्मे हुने गरेको छ ।

जिल्ला फुटबल सङ्घका अध्यक्ष अमृतमान श्रेष्ठले समयमै ठेकेदारले काम सम्पन्न गर्दा खेलकुद गतिविधि आयोजनामा समस्या भएको गुनासो गर्नुभयो । यसअघि जिल्लास्तरका खेलकुद यही खेल मैदानमा हुने गरेको बताउँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अहिले केही खेलकुद गर्नुपरे लामोसाँघु पुग्नुपर्छ ।”

चौतारा नजिकै दरबारडाँडामा अर्को खेल मैदान भए पनि डाँडामा भएकाले बल हराएर गेम खेल्नै समस्या हुने गरेको उहाँले बताउनुभयो ।