कहाँ पुग्यो सन्दीप लामिछाने र १७ वर्षीया किशोरी को काण्ड !

रेडियो दर्पण संवाददाता

३० भदौ, काठमाडौं ।

कर णीको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा कर णीको आरोप अस्वीकार गरेका हुन् । कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपसँग आफूहरु सम्पर्कमा रहेको बताए ।

सन्दिपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।

भदौ ५ गते सन्दीप लामिछाने र ती युवती होटलको कोठामा पसेको देखिन्छ । उनीहरु राति ११ : ५५ मा होटलमा प्रवेश गरेको देखिन्छ । उजुरीमा युवतीले आफूहरु पहिले भक्तपुरको नगरकोट पुगेर फर्किएको र होस्टल बन्द भइसकेकाले सन्दीपले लजमा बस्ने प्रस्ताव गरेको आफूले स्वीकार गरेको उल्लेख गरेकी छिन् ।

प्रहरीका अनुसार उनीहरु कोठा नम्बर ३०५ मा बसेका थिए । सिसिटिभीमा देखिएअनुसार सन्दीप लामिछाने सेतो क्याप, सेतो जुत्ता र निलो रंगको टिसर्टमा होटलमा पुगेका थिए ।ती किशोरीले सेता विनसिटर र पहेँलो टिसर्ट लगाएको सिसिटिभीमा देखिएको प्रहरीले जनाएको छ । उनीहरुले त्यहाँ सात घन्टा बसेर ६ भदौको बिहान पौने सात बजे होटलबाट निस्किएको सिसिटिभी फुटेजमा देखिएको छ ।

त्यही रात आफूहरुले मदिरा सेवन गरेको र मध्यरातिपछि सन्दीप लामिछानेले आफूमाथि बारम्बार कर णी गरेको आरोप युवतीले लगाएकी छिन् । उजुरी परेसँगै मंगलबार नै प्रहरीले ती किशोरीको मेडिकल परीक्षणसमेत गरेको छ ।

आफ्ना केही साथीलाई साथमा लिएर प्रहरीसमक्ष पुगेकी किशोरीले दिउँसो भक्तपुरतिर आफ्नो कारमा लगि घुमाएर रात पारेर होटलामा लगेर कर णी गरेको पीडितको भनाइ छ । प्रहरी वृत गौशालाका अनुसार सन्दीप क्यारेवियन लिग खेल्न जानु अघिल्लो दिन ती किशोरी बस्ने मध्यवानेश्वर नजिकै होस्टलमा आफ्नो गाडी लिएर सन्दीप पुगेका थिए । र, दिउँसो भक्तपुर घुमाउन लगे ।