नेपाल आउने टिकट काटेका सन्दीप एक्कासी टिकट रद्ध गरेर कहाँ गए ? प्रहरीको खिजी कार्य तिब्र

रेडियो दर्पण संवाददाता

३० भदौ, काठमाडौं ।

निलम्बित क्रिकेटर सन्दीप लामिछाने कहलिे आउलान् र च्याप्प समातौँला भनेर कुरेर बसेको नेपाल प्रहरीलार्य चक्मा दिँदै सन्दीप केन्यबाट दुबई हानिउका छन् ।

१७ वर्षीया नाबालिगमाथि ब,ला,त्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको सात दिन भइसकेको अवस्थामा सन्दीप समयमा नै नेपाल आएर कानुनलाई सम्मान गर्ने बताइरहेको भएता पनि उनी अहिले न क्यानको सम्पर्कमा छन् न प्रहरीलार्य नै उनले कुनै खबर गरेका छन् ।

गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिए लगत्तै क्यानले उनलाई निलम्बनमा राखेपछि केही तनावमा देखिएका सन्दीपलाई प्रहरीले जहाँ भेट्यो त्यही पक्राउ गर्न अनुमति पाए पनि सन्दीप नेपाल नआएका कारण प्रहरी पर्ख र हेरको अवस्थामा छन् ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका उनी घटना भएको भोलिपल्टै केन्या पुगेका थिए। भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पुर्‍याएर पटक(पटक बलात्कार गरेको आरोप उनीमाथि छ। प्रहरीले सन्दीप लामिछाने नेपाल नफर्किएमा इन्टरपोलमार्फत् उनलाई पक्राउ गर्ने विषयमा छलफल भइरहेको बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भरत बोहराले सन्दीप प्रकरणमा थप अनुसन्धान भइरहेको बताए । प्रहरीले उनलाई अब पर्खिने समय सकिएको र प्रक्रियागत तरिकाले प्रहरी अगाडी बढीसकेको उल्लेख गरे ।

यद्यपी इन्टरपोलमार्फत् उनलाई पक्राउ गर्ने तयारी भएको हो त भन्ने प्रश्नमा एसएसपी बोहराले केही बोलेनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार लामिछाने केही दिनअघि नै नेपाल आउन लागेका तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट समेत उनले क्यान्सिल गरेका छन् । नेपाल क्रिकेट संघ ९क्यान०को पनि सम्पर्कमा नरहेका सन्दीपले पीडित बालिका र उनको परिवारलार्य सम्र्क गर्न सक्लान् ?

रसुवागढी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिए
गत साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट आजदेखि व्यापारिक सामग्री पुनःआयात हुन थालेको छ । कोभिड–१९ नियन्त्रणका लागि भन्दै गत साउन २१ गतेदेखि चिनियाँ सुरक्षाकर्मीले बन्द गराएको रसुवागढी नाका, चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणपश्चात् आज बिहान ९ बजेदेखि सामान आयात हुन थालेको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार पहिलो चरणमा बिहान ठूला सात चिनियाँ कन्टेनरमा रसुवागढीस्थित नेपाली भूभागमा सामान ल्याइएको हो । थप सात कन्टेनर आज साँझसम्म रसुवागढी पुग्ने प्रजिअ जैसीले जानकारी दिनुभयो ।

मितेरी पुलबाट चिनियाँ मालबाहक कन्टेनर रसुवागढी इलाका भित्र्याउनुपूर्व नेपाल तथा चीनबीच सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले मोटर तथा सार्वजनिक स्थानमा औषधि छर्केका थिए । नेपाली सुरक्षाकर्मीले पहिलो चरणमा सामान पल्टी गर्ने स्थलदेखि मितेरी पुलसम्म औषधि छ्याप्ने र दोस्रो चरणमा चिनियाँ सुरक्षा अधिकारीले चीनको भूभागबाट सामान पल्टी गर्ने स्थानसम्म पुनःऔषधि छर्केको बताइएको छ ।

दसैँका लागि नेपाली व्यवसायीले चीनबाट झिकाएको करिब रु दुई अर्ब ५० करोड बराबरको माल सामग्री कोरानाका कारण केरूङ क्षेत्रमै रोकिएको अवस्थामा ढिलै भए पनि आयात हुँदा ठूलो सहयोग मिलेको व्यवसायी धर्म पौडेलले बताउनुभयो ।

लिच्छवीकालको सातौँ शताब्दीतीर नेपालकी चेली भृकुटी र तिब्बतका राजा श्रङ्चङ्गोम्पोबीच विवाहपश्चात् व्यापारिक कारोवार सुरू भएको ऐतिहासिक नाकाबाट पहिला भरियाद्वारा सामान ढुवानी गरिन्थ्यो भने पछिल्लो समय यातायातको सुविधाले अधिकांश व्यवसायी चिनियाँ सामग्री आयातमा केन्द्रित भएका छन् ।

नेपालसँगको कारोबार गर्न रसुवागढी नाकालाई चीन सरकारले २०७२ को मङ्सिर १५ गतेदेखि औपचारिकरूपमा पूर्णता दिएपश्चात् व्यापारीले काठमाडौँ–रसुवागढी छोटो मार्गबाट कारोबार सुरू गरेका हुन् । व्यापारीले रसुवागढी नाकाबाट व्यापारिक कारोबार गर्दा गत आर्थिक वर्षमा रु सात अर्ब १७ करोड ६३ लाख ९० हजार भन्सार शुल्कबापतको राजस्व राज्यकोषमा दाखिला भएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

चालू आर्थिक वर्षको गत साउन २१ गतेसम्म आयात सामग्रीबाट रु एक अर्ब तीन करोड ५२ लाख ३७ हजार राजस्व सङ्कलन भएको भन्सार अपरेटर अधिकृत धनबहादुर प्रजापतिले जानकारी दिनुभयो ।