यी हुन् सन्दीपसँग रात बिताएको १ महिना नबित्दै गम्भिर आरोप लगाउने स्याग्जाकी युवती

रेडियो दर्पण संवाददाता

३१ भदौ, काठमाडौं ।

जसले त्यो रात सन्दीपको जबरजस्तिमा नभई आँफैले सन्दीपलाई फकाएर लगेर ह ोटल भित्र आँफैले चुकुल लगाएर बेडरुममा लगेको भिडियो नै बाहिरियो, भिडियोमा सन्दिप अघि अघि छन् भने ती युवतीले ढोका लगाएर पछि सन्दीप बसेको बेडमा गएको देखिन्छ । हेर्नुहोस् भिडियो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध ज बर्ज स्ती कर णीको मुद्दा परेको छ । उहाँमाथि एक किशोरीले जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा जाहेरी दिएकी हुन् । पीडित किशोरका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको जानकारी दिइएको छ ।

लामिछाने केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज खेलेर उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका हुन् । केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा भने लामिछानेको स्थानमा रोहित पौडेलले नेपालको कप्तानी गरेका हुन्। नेपालले केन्याविरुद्ध टी–२० सिरिज ३–२ ले जितेको छ ।

एकदिवसीयमा भने नेपालले ‘क्लिन स्वीप’ गरेको थियो । नेपाली टोली आजै (बुधबार) स्वदेश फर्कदैछ । लामिछानेको नेतृत्वमा नेपाली टोली केन्याविरुद्ध सिरिज खेल्न भदौ ६ गते केन्या प्रस्थान गरेको थियो । त्यसैको अघिल्लो दिन भदौ ५ गरेको रात लामिछानेले आफूमाथि ज बर्ज स्ती कर णी गरेको जाहेरी किशोरीले दिएको काठमाडौं प्रहरी परिसरले जानकारी गरायो ।

प्रहरीले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाई सकेको छ । प्रहरीका अनुसार ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको बताएकी छिन् ।

त्यहाँबाट आफूलाई भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको कुरा उजुरीमा उल्लेख छ । किशोरीका अनुसार लामिछानेले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौं गौशला नजिक एक होटलमा लगेर उनलाई ज बर्ज स्ती कर णी गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डूले बुधवार प्रकाशित गरेको विज्ञप्तिमा “प्रहरी वृत्त गौशालामा त्यस्तो जाहेरी परेको र त्यसपछि उक्त घटनाबारे अनुसन्धान भइरहेको” जनाइएको छ। लामिछाने पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए।

उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेलेका छन्। लामिछाने अहिले लीग क्रिकेट खेल्न विदेशमा छन्। उनलाई प्रतिभाशाली लेग स्पिनर मानिन्छ।