पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कति फाईदा-कति हानी !

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न महिलाहरुले बीर्य सेवन गर्ने गर्छन । वीर्य किन खाइन्छ त ? सामान्यतः प्रकृतिले यसलाई योनिमा राख्नका लागी उत्पन्न गरेको हुन्छ । त्यसैले यो त्यति मीठो वा स्वादिलो हुँदैन ।

धेरैजसो व्यक्तिलाई यसको स्वाद वा गन्ध मन नपर्न सक्छ । केही व्यक्तिलाई यस किसिमको यौन क्रियाकलापले यौन आनन्द प्राप्त गर्ने सहयोगी भूमिका खेलेको हुनाले खाएर आनन्द लिन्छन् ।

कतिपय कुराको सन्दर्भमा सुरुमा यसको स्वाद मन नपरे पनि पछि अभ्यस्त हुने र आफू र आफ्नो यौनसाथीलाई रोचक तथा आनन्ददायक लाग्ने भएकाले यसलाई निरन्तरता दिने गरेको पाइन्छ ।

योनिमा पर्दा यसको सकारात्मक असर हुने भए पनि खाँदा पनि त्यति नै प्रभाव पर्छ भन्ने कुरामा एकमत भने छैन । एक स्वस्थ व्यक्तिको वीर्य खाँदा अर्थात् वीर्यपान गर्दा कुनै हानि हुँदैन । वीर्यमा कुनै विषालु पदार्थ हुँदैन । रसायनिक दृष्टिकोणले हेर्ने हो भने यसमा केही सामान्य कार्बोहाईड्रेड, केही प्रोटिनका साथमा मुख्यतयाः पानी हुन्छ । यसमा भएको पदार्थ एक विशेष मानवकोष ‘शुक्रकीट’ बाँच्न सकोस् भनेर संरचना गरिएको हुन्छ, त्यसैले मानवकोषलाई हानि गर्ने किसिमको कुनै पदार्थ यसमा हुँदैन ।

वीर्य निलिएपछि आमाशय (पेट) मा पुग्छ र त्यहाँको पाचनरस (एसिड) मा शुक्रकीटहरू मर्छन् अनि अन्य पदार्थका साथै त्यसलाई पनि मानिसले पचाउँछ । कसैकसैलाई वीर्य मुखमा परेको मन नपर्न सक्छ ।

कसैलाई यसको स्वाद वा गन्ध मन पर्दैन । त्यसो हुँदा वाकवाक लाग्ने हुन सक्छ । एचआईभी तथा यौन रोग सर्ने सन्दर्भमा वीर्यपान खतरा पनि हुन सक्छ । यौनरोग छ भने लिङ्ग योनि मैथुनमा जस्तै शरीरबाट निस्कने तरल पदार्थको सम्पर्कमा आउँदा रोगसमेत सर्ने सम्भावना हुन्छ ।

वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट भएकाले यसको उत्पादनलाई पोषणयुक्त खानेकुरा आवश्यक पर्छ । पोषणका दृष्टिले एक सामान्य व्यक्तिलाई १८ सयदेखि २२ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ ।