चर्चित अभिनेत्री आँचलको न्यु लुक्स – ६ तस्बिरमा हेर्नुहोस

रेडियो दर्पण संवाददाता

काठमाडौ :

हिले अभिनेत्री आँचल शर्माको चर्चा निकै बढेको छ । हालै अभिनेत्री आँचल अभिनीत चलचित्र ‘झिँगे दाउ’ ले राम्रो व्यापार गर्न सफल भएको छ ।

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा लगातार चलचित्रहरु फ्लप भइरहेको अवस्थामा अभिनेत्री आँचल अभिनीत चलचित्र ‘झिँगे दाउ’ ले राम्रो व्यापार गर्न सफल भएको छ ।

नेपाली चलचित्र क्षेत्रमा चर्चित अभिनेत्री तथा युवा पुस्ताको रोजाइमा पर्न सफल अभिनेत्री आँचल शर्मा अभिनयमा जस्तै सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

अभिनेत्री आँचलले नेपाली चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट अभिनय यात्राको सुरुवात गरेकी थिइन् । त्यसपछि विभिन्न म्युजिक भिडियो हुँदै अहिले अभिनेत्री थुप्रै चर्चित फिल्ममा काम गरिसकी छिन् ।

अहिले अभिनेत्री आँचलले वान पिसमा देखिएकी छिन् । जसलाई मानिसले निकै मनपराएका छन् । भने अहिले अभिनेत्रीको तस्बिरमा फ्यानले लगातार लाइ-अक कमेन्ट गरिरहेका छन् ।

अहिले विवाहपछि भने आँचल सामाजिक सञ्जालमा खुलेर प्रस्तुत हुन लागेकी छिन्। यति बेला अचलले सार्वजनिक गरेका उनको तस्बिर भाइरल हुन कत्ति पनि समय लाग्दैन । अहिले आँचलले सार्वजनिक गरेका यी तस्बिर तीव्र रुपमा भाइरल भइरहेको छ ।

हेर्नुहोस तस्बिरमा


नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा मोडल आँचल शर्माले म्यानेजर नियुक्त गरेकी छिन् । उनी विवाहपछि पनि म्युजिक भिडियोमा सक्रिय रहेकी छिन् । कामको व्यस्तताले नै म्यानेजर नियुक्त गरेकी हुन् ।


उनले सामाजिक सञ्जाल चलाउन, निर्माता र निर्देशकसँग फिल्मको विषयमा कुराकानी गर्न, पारिश्रमिक मिलाउन, समय व्यवस्थापन लगायतका कामका लागि म्यानेजर नियुक्ति गरेको बताइएको छ ।


बैबाहिक जीवनमा बाँधिनुभन्दा अगाडि म्यानेजरले गर्ने काम समेत आफैंले सम्हाल्दै आएकी आँचलले आफ्नो सहयोगका लागि म्यानेजर राखेकी हुन् ।

आफैं पनि फिल्म निर्माण गर्न लागेकी आँचललाई आउने सबै फिल्म तथा म्युजिक भिडियोको अफर र एडको काममा म्यानेजरले सहयोग गर्ने बताइएको छ ।