घरमा उडुस र साङ्ग्ला लागेर हैरान हुनुभएको छ? यी उपाय अपनाउनुहोस, कहिले आउनेछैनन उडुस र साङ्ग्ला

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

उडुसको टोकाइबाट रातभर सुत्न नपाएकाहरुले यसबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने जिज्ञासा हुनसक्छ । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुनुका साथै विभिन्न रोगहरुसमेत लाग्नसक्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई निर्मुल पार्न एकदमै कठिन हुन्छ । एउटा माउ उडुसले आफ्नो जीवन कालभर पाँचसय अण्डा पार्छ । यसरी गुणात्मकरुपमा फैलिने जाँदा यसले पूरै घर, छिमेकलाई समेत प्रभावित बनाउँछ । यसको नियन्त्रणमा जति ढिलाइ गर्यो, त्यति नै सास्ती भोग्नुपर्ने भएकाले बेलैमा सबै चनाखो हुनु जरुरी छ ।

उडुसले शरीरको कुनै पनि भागमा सजिलैसाग टोक्न सक्छ । यस्ता विषालु किराबारे सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन । तिनको रोकथाममा जति ढिलाइ गर्‍यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ । उडुस जस्ता विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ । उडुसलाई निर्मुल पार्न यसकारणले पनि कठिन छ कि, यिनीहरू नखाएर पनि लामो समयसम्म बाँच्न सक्छन् । उडुसले दिक्क बनायो ? यस्ता छन् उडुस भगाउने केही घरेलु विधिहरु:

पुदिना रस : उडुसले पुदिनाको गन्ध सहन सक्दैन । त्यसैले, पुदानाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस् । यदि तपाईंको घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनुहोस् । सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ । यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ । रातो खुर्सानी : रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन् । तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन् ।

लेवेण्डर : उडुसले लेवेडरको गन्ध सहन गर्न सक्दैन । त्यसैले, तपाईं लेवेण्डरको पात उडुस भएको कपडामा दल्न सक्नुहुन्छ । लेवेडरको पर्फ्युम स्प्रे गर्नाले पनि तिनको प्रकोपबाट बच्न सकिन्छ । रोजमेरी : उडुस रोजमेरीको गन्धले पनि भाग्छ । तिनको नियन्त्रणका लागि तपाईं रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउँहरूमा छर्कन सक्नुहुन्छ । राति यो विधिको प्रयोग गरी ढुक्कसँग निदाउनुहोस् । नीलगिरी : नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । तपाईं यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सक्नुहुन्छ । साथै, नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ ।

बिनका पात : बिनका पात पहिलेदेखि नै उडुस मार्न प्रयोग हुँदै आएको पाइन्छ । तर, हामीलाई यसको चमत्कारी गुणहरूबारे भने कमै मात्र थाहा छ । हालै गरिएको एक अध्ययनले बिनका पातले उडुस मार्ने प्रमाणित गरेको छ । तपाईं पनि तिनका पात तथा रसको प्रयोग गरी उडुस निर्मूल पार्न सक्नुहुन्छ । टी ट्री स्प्रे :टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ । उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ । यसको प्रयोगका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गर्नुहोस् । यसमा अलिकति पानी मिसाएर केही पातलो बनाउनुहोस् । अब यसलाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुहोस् । यसलाई एक हप्ता लगातार छर्कनाले तपाईं सधैंभरका लागि उडुसबाट छुटकारा पाउन सक्नुहुनेछ ।

नीमको तेल : नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ । यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन् । कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ । नीमको तेल औषधि पसलमा पाइन्छ । यसको प्रयोग उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्केर गर्न सकिन्छ । साथै, साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ । थाइम अजवाइनको फूल : थाइम इटलीको एक लोकप्रिय बुटी हो, जसको प्रयोग खानामा स्वाद बढाउन गरिन्छ । थाइमले उडुसलाई सीधा असर त गर्दैन, तर यसको गन्ध उडुसले सहन गर्न सक्दैन । यसको गन्धले उडुसहरू लुकेको ठाउँबाट निस्कन्छन् । थाइमका पात जालीदार ब्यागमा राखेर उडुस भएको ठाउँमा राखिदिनुहोस् । हरेक ३ दिनमा ब्यागका पात निकालेर ताजा पात राख्नुहोस् । यसो गर्नाले तपाईं उडुसको तनावबाट मुक्त हुन सक्नुहुन्छ ।

स्वीट फ्लेग : स्वीट फ्लेगलाई कलामस पनि भनिन्छ । यसको प्रयोग रसायनमा आधारित कीटनाशक बनाउन गरिन्छ । यसमा एण्टी माइक्रोबियल गुण हुन्छ, जसको कारणले उडुसजस्ता परजीवी भगाउँछ । यसबाट बनेको हर्बल कीटनाशक तपाईं किचेन गार्डेनसम्बन्धी पसलमा पाउन सक्नुहुन्छ । स्वीट फ्लेगको पाउडर ल्याएर त्यसको प्याकेटमा लेखिएको निर्देशनअनुसार त्यसको घोल बनाउनुहोस् । त्यस घोललाई आफ्नो घरको कुनाकुना ९उडुस भएको ठाउँ०मा छर्कनुहोस् । उडुस भगाउन यो विधि पनि निकै प्रभावकारी मानिएको छ ।

यस्तो छ साङ्लो भगाउने घरेलु उपाय
गर्मी सिजनमा खानेकुरा चाँडै सड्ने गर्छ । त्यसमथि झिँगा र साङ्लाले खानेकुरा दूषित बनाइदिन्छ । झिँगा त नियन्त्रण गर्न सकिन्छ तर साङ्ला फैलिएपछि नियन्त्रण गर्न गाह्रो हुन्छ।खासगरी भान्साको कुनाकाप्चामा बस्ने साङ्ला शौचायलको ढल जस्ता ठाउँमा पनि सुरक्षित हुने गर्छ । यसरी जहाँपनि सुरक्षित हुने र अत्याधिक प्रजनन क्षमता भएका कारण साङ्लालाई निर्मूल गर्न त्यति सजिलो छैन।

यो यस्तो जीवन हो, जो हजारौं, लाखौं वर्षदेखि धर्तीमा छन्। हरेकजसो घरमा साङ्ला पाइन्छ। घरको कुनाकाप्चामा साङ्ला नै साङ्ला भेटिन्छ । बेडरुम, भान्सा जताजतै साङ्ला हुन्छ । यस्ता साङ्लाले खानेकुरा दूषित बनाउँछ । त्यस्तो खानेकुरा सेवन गर्दा हामीलाई पेटको समस्या हुन्छ । वान्ता वा पखला लाग्न सक्छ ।साङ्लाको कारण फुड प्वाइजन हुने सम्भावना रहन्छ । यसका साथै टाइफाइडको पनि समस्या हुन सक्छ । किन यस्तो हुन्छ भने साङ्ला सैलमोनेला नामक भाइरस फैलाउने प्रमुख श्रोत हो ।
साङ्लाको कारण एलर्जीको समस्या हुन्छ । यसले छालामा समस्या ल्याउन सक्छ । खासमा साङ्लाले मुखबाट ¥याल निकाल्छ । त्यस्तो र्याल भान्साको कुनैपनि सामानमा रहन सक्छ । भाँडाकुँडा, खानेकुरामा र्याल रहन्छ । साथै ओड्ने ओछ्याउनेमा पनि साङ्लाको र्याल रहन्छ, जसले एलर्जीको समस्या ल्याउँछ । साङ्लाको पेटको जीवाणु खानामा पर्छ । यसले पाचन क्रियामा समस्या उत्पन्न गर्छ । एक अध्ययनअनुसार जीवाणु सुडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ । यो युरिन ट्रेक्ट इन्फेक्सन, पाचनसम्बन्धी समस्या र सेप्सिसको कारण बन्छ।साङ्ला दम रोगीका लागि त शत्रु नै हो । घरमा साङ्ला धेरै बढ्नु भनेको दम रोगीको लागि थप समस्या निम्त्याउनु हो ।

कसरी बच्ने ?(साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता उच्च हुन्छ । सजिलै मार्न पनि सकिदैन । किनभने यसको टाउको छिनाइयो भने समेत केहि दिनसम्म जीवित रहन सक्छ । यो प्राय भान्साको कुनाकाप्चा, खाट, दराज आदिमा लुकेर बस्छ । यसरी लुकेर बस्ने साङ्ला भगाउन केहि घरेलु विधी पनि अपनाउन सकिन्छ ।

साङ्लोबाट मुक्ति पाउने पहिलो उपाय भनेको घरको सरसफाई हो । सफा र उज्यालो स्थान यसको लागि अनुकूल हुँदैन । लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिस्नुपर्छ । उक्त पेस्टलाई पानीमा मिसाएर घोल तयार गर्ने । अब त्यो घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा छर्कनुपर्छ । केही समय नियमित घोल छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ । सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्नुपर्छ । त्यसको छेउमा थोरै पानी पनि राखिदिनुपर्छ । सोडा खाएपछि यसले पानी पिउनुछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पु¥याउँछ ।

(पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसका लागि कुनैपनि किसिमको साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाउँमा छर्कनुपर्छ । तेजपत्ताको गन्धसंग कक्रोच भाग्ने गर्छ । त्यसैले केहि पत्ता कक्रोच धेरै बस्ने कुनामा राखीदिनुहोस् । यसको गन्धले कक्रोच आँफै भाग्ने गर्दछन । तर एउटा पत्ताले लामो समय काम नगर्ने भएकोले केहि हप्ताको अन्तरमा त्यसलाई बदल्नु पर्दछ।

(ल्वाङ्गको गन्ध ल्वाङ्ग पनि कक्रोच भगाउने उत्तम उपाय हो । कक्रोच धेरै लाग्ने ठाउँमा ल्वाङ्गका केहि टुक्रा अथवा धुलो राखिदिनुहोस । यस उपायबाट कक्रोच भाग्छ ।
मट्टीतेलको प्रयोगले पनि कक्रोच भगाउन सकिन्छ । तर, यो प्रज्वलनशील पदार्थ भएकोले निकै सजगता अपनाउनु जरुरी छ।