२५ असोज, काठमाडौं ।
नेपाल राष्ट्र बैकले आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४२ पैसा र बिक्रीमा १३२ रुपैयाँ २ पैसा निर्धारण गरेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२८ रुपैयाँ १६ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ३७ पैसा रहेको छ ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ १४ पैसा, सिगापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८८ पैसा र जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४ पैसा र बिक्रीमा ९ रुपैयाँ ८ पैसा रहेको छ ।
त्यसैगरी चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीमा १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३५ रुपैयाँ १२ पैसा रहेको छ । त्यसैगरी, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २६ पैसा र बिक्रीमा २८ रुपैयाँ ३९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २५ पैसा छ ।
त्यस्तै, कुवेती दिनार एकको खरिददर ४२३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४२५ रुपैयाँ ४७ पैसा र बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५० रुपैयाँ १६ पैसा रहेको छ ।
कर्णाली प्रदेशमा बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, ४८० घर परिवार विस्थापित
कर्णाली प्रदेशभर बाढीपहिरामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुगुमा आठ, कालिकोट र हुम्लामा चार/चार, जाजरकोटमा तीनको मृत्यु भएको छ । डोल्पा र सल्यानमा दुई/दुई जनाको मृत्यु भएको छ भने दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।
२२ जना अझै बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बेपत्ता हुने सबैभन्दा धेरै कालिकोटका एक प्रहरी जवानसहित २० रहेका छन् । जुम्लाका दुई र दैलेखका एक जना रहेका छन् । बाढीपहिरामा परी प्रदेशभर २१ घाइते भएको विवरण प्रहरीको तथ्याङ्कमा छ । जसअन्तर्गत कालिकोटका मात्रै सात छन् भने मुगु र हुम्लाका पाँच/पाँच घाइते भएका छन् । जुम्लाका दुई, रुकुम पश्चिमका एक र जाजरकोटमा एक जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सयौँ घर परिवार विस्थाापित
लगातारको वर्षाका कारण कर्णाली प्रदेशभर चार सय ८० घर परिवार विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै दैलेखमा एक सय तीन घर परिवार विस्थापित भएका छन् । मुगुका एक सय ७८ घर परिवार विस्थापित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका नौ, सुर्खेतका आठ घर परिवार विस्थापित भएका हुन् ।
डोल्पाका चार घर परिवार विस्थापित हुँदा जाजरकोट र रुकुम पश्चिमका दुई/दुई घर परिवार विस्थापित भएका छन् । प्रभावित जिल्लामा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी परिचालन गरी उद्धार र राहत कार्य भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । घर क्षति र विस्थापितलाई लागि प्रदेश सरकारले राहत पठाउने प्रक्रियामा सुरु गरेको जनाएको छ । घाइतेको उद्धारको लागि हेलिकप्टर परिचालन भइरहेको जनाइएको छ ।