काठमाडौं :
मानिसको लागि अहिले हर्टअट्याक गम्भीर समस्या बन्दै आएकाे छ ।हर्टअट्याक अचानक हुन्छ तर यो खराब लाइफ स्टाइल र खानपानको कारण हुने गर्दछ ।विज्ञानको आधारमा हेर्दा हर्टअट्याकको सम्बन्ध हाम्रो रगतमा हुन्छ।
रगत मार्फत हाम्रो शरीरमा अक्सीजन र जरूरी पोषक तत्व पुग्छ।तर जब तपाईको हृदयसम्म अक्सीजन पुग्ने धमनिमा प्ला-क ज-मेको कारण रु-कावट पैदा हुन्छ, यस कारण मुटु धड्किने रफ्तार असन्तुलित हुन्छ। र यसबाट नै हामीलाई हर्टअट्याक आउने गर्छ ।
बाथरूममा हर्टअट्याक हुनुको धेरै कारण रहेको छ, यदि तपाईले यस बारेमा जानकारी पाउनुभयो भने आफु र आफ्नो परिवारलाई यसबाट सुरक्षित राख्न सक्नुहुन्छ।
यस्ताे छ कारण:-
१) बिहानको समयमा हाम्रो ब्लड प्रेशर धेरै हुन्छ। यस्तैमा हामी जब नुहाउनको लागी अधिक चिसो वा तातो पानी टाउकोमा हाल्छौ तब यसले ब्लड प्रेशरमा प्रभावित हुन्छ। यसैकारण हर्टअट्याकको जोखिम बढि हुन्छ ।
२) बिहानको समयमा जब हामी शौचालय जान्छौ तब हामी पेट पुरै तरिकाले सफा राख्नको लागि प्रेशर लगाउछौ।अधिक प्रेशर लगाउदा हाम्रो मुटुमा अधिक दवाब बन्छ जसका कारण हर्टअट्याक आउन सक्छ ।
३) बाथरुमको तापमान घरको अरु ठाउँभन्दा निकै चिसो हुन्छ। यस्तो स्थिति शरीरको तापमानलाई सन्तुलित गर्न र रगत प्रवाह गर्नलाई अधिक कार्य गर्नुपर्छ। यसकारण हर्टअट्याक आउन सक्छ।
ग्यास्ट्रिकको समस्या छ भने यी ६ घरेलु उपाय !
आजभोलि धेरै मानिसहरुलाई ग्यास्ट्रिकको समस्या हुन्छ । अस्पतालमा पनि ग्यास्ट्रिकको समस्या लिएर धेरै मानिसहरु जाने गर्छन् । अहिले ग्यास्ट्रिकको समस्या नभएका मानिसहरु भेट्न पनि मुश्किल छ । खासमा ग्यास्ट्रिकको समस्या खानपान र विभिन्न कारणले हुने गर्छ । यदि तपाइलाई पनि ग्यास्ट्रिकको समस्या छ, भने विभिन्न घरेलु उपाय अपनाएर यसबाट छुटकारा पाउन सकिन्छ ।
यदि तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने यी घरेलु उपाय अपनाउनुहोस्: १. समयमा खाना खाने बानी बसाल्नु – हामिले समयमा खाना खाने बानी बसालेमा पनि ग्यास्ट्रिकबाट छुटकारा पाउन सकिन्छ । तपाइलाई ग्यास्ट्रिक छ भने सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुहोस् । यदि लामो समयसम्म केही खानेकुरा नखाँएमा पेटमा हावा भरिएर ग्यास्ट्रिकको समस्या हुन्छ ।
२. प्रशस्त पानी पिउनुहोस्: ग्यास्ट्रिकबाट छुटकारा पाउन लगातार पानी पिउँने बानी बसाल्नुपर्छ । प्रशस्त पानी पिएमा मात्र जिउमा पानीको सन्तुलन कायम हुन्छ । तर पानीको सट्टा कोक लगायतका कोल्डड्रिङस भने पिउनुहुँदैन। ३. कार्बोहाइड्रेड कम खाने – ग्यास्ट्रिक भएकाले कार्बोहाइड्रेड भएका खानेकुरा कम खानुपर्छ । बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याज नखानु नै बेस हुन्छ ।
४. दूध पिउनुहुँदैन: ग्यास्ट्रिक भएकाले दूध नपिउनु नै राम्रो हुन्छ । दूधले झन ग्यास्ट्रिक बढाउछ । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै राम्रो हुन्छ । ५. लसुनपानी खानु – तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने लसुनपानी खानु राम्रो उपाय हो । बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाएमा ग्यास्ट्रिक कम हुन्छ। ६. कागतीपानी पिउनु – ग्यास्ट्रिकलाई कम गर्न कागतीपानी पिउनु पनि राम्रो उपाय हो । कागतीपानी पिउनाले पेटमा ग्यास काम गर्छ र पेट फुल्न पनि दिँदैन ।
यो पनि,जवानी तन्काउने ओखर खानुका फाइदाहरु थाहा पाउनुहोस् ! ओखर प्रोटिनको सबैभन्दा राम्रो श्रोत त हो नै यसले जिउबाट हानिकारक कोलेस्ट्रोल निकाल्नमा पनि मद्धत गर्दछ । यसमा ओमेगा थ्री फ्याट्टी अम्ल भरपूर मात्रमा पाइन्छ जसको एन्टी इन्फ्लामेटरी गुणवत्ताका कारण उच्च रक्तचापको खतरा पनि कम गर्न सहयोग मिल्दछ । हालै भएको एक अध्ययन अनुसार नियमित रुपमा ओखरको सेवन गर्ने महिलामा शारीरिक समस्याहरुको सम्भावना निकै कम देखिने गरेको छ ।
साथै नियमित ओखरको सेवनले बुढ्यौलीका लक्षण छिटो देखापर्ने समस्यालाई पनि कम गरिदिन्छ। ओखरमा पोलीअनस्याचुरेटेड फ्याट पाइन्छ जसमा वनस्पतीमा आधारित ओमेगा थ्री फ्याट्टी एसिड, अल्फा लिनोलेनिक एसिड एएलए पनि सामेल हुन्छ । एक औँश अर्थात् २८।५ ग्राम ओखरमा २।५ ग्राम ए एलए पाइन्छ ।अमेरिकाको ब्रिघम एण्ड विमन हस्पिटल तथा हार्वड मेडिकल स्कूलका प्राध्यापक फ्रान्सिन ग्रोडस्टिन भन्छन्ः अधिकांस अध्ययनहरु उमेर बढेसँगैको मधुमेह तथा मुटुरोग जस्ता समस्यामा गरिने अध्ययनसँग सम्बन्धित हुन्छन् । तर बुढ्यौलीको बारेमा गरिने अध्ययनको कमी छ ।
उनका अनुसार ओखरसँगै फलफूल तथा सागसब्जीको पर्याप्त सेवन, चिनीयुक्त खानेकुरा कम खाने, बोसो तथा सोडियमको सेवन पनि क मगर्ने र रक्सी कम खाने गर्नाले छिटो बुढ्यौलीको लक्षण देखिने समस्या कम हुन्छ ।जर्नल अफ न्युट्रिसन नामक पत्रिकामा छापिएको पछिल्लो अध्ययनका क्रममा झण्डै ५५ हजार जना महिलालाई सहभागी गराइएको थियो । शोधकर्ताका अनुसार जिउलाई जवान राख्न लागि ओखरको सेवनसँगै स्वस्थ खानपान र सन्तुलित जिवनशैलीको पनि खाँचो हुन्छ ।