२५ पुस, काठमाडौं ।
गोरखाका पाँच जनासहित १९ जना नेपाली कामदार मलेसिलयामा ब’न्धक बनाइएका छन्। रोजगारीका क्रममा गत भदौ २३ गते मलेसिलया पुगेका उनीहरू ८ दिनदेखि ब’न्धक अवस्थामा छन्।ब’न्धक हुनेमा गोरखाको सहिदलखन गाउँपालिका–६ का ठाकुर रेग्मी, ७ का कमल श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–७ का विष्णुप्रसाद ढकाल,
टिकाराम गोतामे र सुजन गोतामे छन्। उनीहरूबाहेक उदयपुरका १, सप्तरीका १, मकवानपुरका ७, रौतहटका ३, भोजपुरका १ र बैतडीका १ जना छन्।उनीहरू स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयले उद्धारका लागि पहल गरिदिए सहज हुने आशामा छन्। ब’न्धक भएका युवाहरूले त’त्काल रि’हाइको माग गर्दै सामाजिक सञ्जालमा हा’रगु’हार गरिरहेका छन्।
उनीहरू सबै सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावरबाट सप्लायर्स कम्पनीमा गत ५ महिनाअघि मलेसिया गएका थिए। काम गर्ने क्रममा कम्पनीका मालिकले कु’टपि’ट गर्ने, चरम शा’रीरिक या’तना दिने गरेका विषयमा गुनासो गरेपछि कम्पनीबाट निकालिएको ब’न्धकमा रहेकामध्ये गोरखा बुङकोटका ठाकुर रेग्मीले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
यो पनि : गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल
बुटवल, गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो पटक डेमो उडान सफल भएको छ । आइतबार मध्यान्ह १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन–ए एल ओ जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो ।जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी,
क्षेत्र नं. २ का सांसद गोकर्ण विष्ट, रामकुमारी झांक्री लगायतका यात्रु थिए ।जहाज हेर्न विमानस्थलमा ठूलो भीड लागेको छ । लामो समयको प्रतिक्षापछि रेसुंगा विमानस्थलमा डेमो उडान सफल भएपछि गुल्मीबासी खुसी भएका छन् ।यस अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ ।
रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गरिएकाले आज नगरपालिकाका सम्पूर्ण सेवा बन्द भएको उल्लेख गरेका छन् ।रेसुङ्गा विमानस्थल सदरमुकाम तमघास क्षेत्रमा पर्छ । यो सदरमुकाम तमघासबाट ५ किलोमिटर दूरीमा छ ।
रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको जहाज मात्र जान सक्छ ।तारा एयरले शुरुका दिनहरुमा रेसुङ्गा नगरपालिकाको समन्वयमा उडान गर्ने भएको छ । आइतबार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन ।