साधारण लेवर काममा जाने हो जापान ? मासिक तलब १ लाख ७३ हजार

रेडियो दर्पण संवाददाता

काठमाडौं :

आकर्षक तलब सहित जापानको कम्पनीमा नेपालीहरुका लागि वैदेशिक रोजगारको लागि माग आएको छ ।

जापानको Fine Tech Lab Coop कम्पनीमा नेपाली प्लास्टर लेवरको कामको लागि नेपालो श्रमिकको माग आएको छ ।

मासिक तलब १ लाख ७३ हजार सम्म हुने | अन्तर्वार्ता मेनपावर कार्यालय, काठमाडौँमा माघ ४ गते हुने |डिमाण्ड तथा मेनपावरको बारेमा जान्नलाई मेनपावर कम्पनीमा सम्पर्क गर्नुस् ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

पाल्ही ओभरसिज प्रा.ली. लोसाल अन्नपूर्णमार्ग चप्पलकारखाना काठमाडौं नेपाल Phon. 01- 4015792, 4015655

कसरी हुन्छ ठगी ?

दलालहरूले विशेष गरी मलेसियामा अवैध रूपमा बसेका नेपालीहरूलाई टार्गेट गर्ने गरेका छन् । उनीहरूलाई ५ देखि १० लाखसम्म नेपाली रुपैयाँ तिरेमा अमेरिका, पोर्चुगल लगायतका देश पठाइदिने भनेर प्रलोभनमा पार्ने गरेका छन् ।

लामो समयदेखि मलेसियामै बसेका नेपालीहरू नै यस्तो काममा सक्रिय रहेको नेपालीहरूको भनाई छ । रातोपाटीको सम्पर्कमा आएका एक नेपाली श्रमिकले भने,– ‘एक जनाले रोमानिया पठाइदिन्छु भनेर २ लाख रुपैयाँ लिएको १ वर्षभन्दा बढी भयो । न रोमानिया पठाइदिएको छ न त दिएको पैसा फिर्ता गरेको छ ।’

मलेसियामै रहेका कैलालीका रामबहादुर (नाम परिवर्तन) ले पोर्चुगल जाने सपना देखेको २ वर्ष भयो । उनलाई एक जना चिनेको दाइले पोर्चुगल जाने सपना देखाएका थिए ।

‘मलेसियामै जे जस्तो भए पनि काम गरिरहेकै थिएँ । महिनामा ३५/४० हजार कमाई भइरहेको थियो । चिनेको दाइले पोर्चुगल जाने हो भाइ भन्नुभयो । मिल्छ भने नजाने नि हुन्छ भने । दाइले ६ लाख रुपैयाँ लाग्छ भन्नुभयो । ल हुन्छ त भनेर पैसा दिए, अहिले २ वर्ष भइसक्यो आज हुन्छ भोलि हुन्छ मात्र भन्छ,’ उनले भने ।

यसरी विभिन्न देश पठाउने भन्दै ठगी गर्नेहरूले केहीलाई मात्र अर्को देश पठाउन सफल भएका देखिन्छन् । अधिकांशको भने पैसा ठग्ने गरेको मात्र देखिएको छ ।

यसरी आफू ठगिएको भन्दै दूतावासमा गुनासो गर्नेहरूको सङ्ख्या निकै बढी छ । दिनदिनै ठगीका गुनासा आउन थालेपछि दूतावासले जुन देश जान चाहेको हो त्यो देशका दूतावासमा बुझेर मात्र दलाललाई पैसा दिन आग्रह गरेको छ ।

सामान्यतया वर्कर भिसामा मलेसिया गएकाहरूले भिसा परिवर्तन गर्न पाउँदैनन् । यति मात्र नभएर जुन कम्पनीमा काम गरिरहेको छ त्यो कम्पनी पनि परिवर्तन गर्न पाइँदैन । त्यो कम्पनी परिवर्तन गर्ने बित्तिकै भिसाको टाइम भए पनि उनीहरू अवैध मानिन्छन् ।

त्यसैले त्यस्ता दलालको पछि नलाग्न र जति अवधिको लागि मलेसिया आएको हो त्यति अवधि राम्रोसँग काम गरेर स्वदेश फर्किन दूतावासले सबैमा अनुरोध गरेको छ ।