३० पुस, काठमाडौं ।
कतार एयरवेजले सातौंपटक ‘एयरलाइन अफ द इयर अवार्ड’ जितेको छ।
एयरलाइन्सले विश्वकै उत्कृष्ट बिजनेस क्लास, विश्वकै उत्कृष्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि जितेको छ।
सन् २०२२ मा एयरलाइन्सले आफ्नो २५औं वार्षिकोत्सव मनाइरहेका बेला अन्तर्राष्ट्रिय हवाई यातायात रेटिङ संस्था स्काईट्रेक्सले सातौं पटक एयरलाइन अफ द इयरको उपाधि दिएको हो।
लण्डनमा आयोजित एक भव्य समारोहमा विश्वकै उत्कृष्ट बिजनेस क्लास, वल्ड्र्स बेस्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र बेस्ट एयरलाइनइन मिडल इस्ट गरी थप तीन वटा अवार्ड पनि जितेको छ।
कतार एयरवेजले सन् २०११, २०१२, २०१५, २०१७, २०१९, २०२१ र अहिले २०२२ मा एयरलाइन अफ द इयरको उपाधि जितेको कतार एयरवेजले जनाएको छ।
कतार एयरवेजको घरेलु विमानस्थल र हब, हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई हालै विश्वको सर्वश्रेष्ठ विमानस्थल २०२२ को रूपमा मतदान गरिएको थियो।
कसरी हुन्छ ठगी ?
दलालहरूले विशेष गरी मलेसियामा अवैध रूपमा बसेका नेपालीहरूलाई टार्गेट गर्ने गरेका छन् । उनीहरूलाई ५ देखि १० लाखसम्म नेपाली रुपैयाँ तिरेमा अमेरिका, पोर्चुगल लगायतका देश पठाइदिने भनेर प्रलोभनमा पार्ने गरेका छन् ।
लामो समयदेखि मलेसियामै बसेका नेपालीहरू नै यस्तो काममा सक्रिय रहेको नेपालीहरूको भनाई छ । रातोपाटीको सम्पर्कमा आएका एक नेपाली श्रमिकले भने,– ‘एक जनाले रोमानिया पठाइदिन्छु भनेर २ लाख रुपैयाँ लिएको १ वर्षभन्दा बढी भयो । न रोमानिया पठाइदिएको छ न त दिएको पैसा फिर्ता गरेको छ ।’
मलेसियामै रहेका कैलालीका रामबहादुर (नाम परिवर्तन) ले पोर्चुगल जाने सपना देखेको २ वर्ष भयो । उनलाई एक जना चिनेको दाइले पोर्चुगल जाने सपना देखाएका थिए ।
‘मलेसियामै जे जस्तो भए पनि काम गरिरहेकै थिएँ । महिनामा ३५/४० हजार कमाई भइरहेको थियो । चिनेको दाइले पोर्चुगल जाने हो भाइ भन्नुभयो । मिल्छ भने नजाने नि हुन्छ भने । दाइले ६ लाख रुपैयाँ लाग्छ भन्नुभयो । ल हुन्छ त भनेर पैसा दिए, अहिले २ वर्ष भइसक्यो आज हुन्छ भोलि हुन्छ मात्र भन्छ,’ उनले भने ।
यसरी विभिन्न देश पठाउने भन्दै ठगी गर्नेहरूले केहीलाई मात्र अर्को देश पठाउन सफल भएका देखिन्छन् । अधिकांशको भने पैसा ठग्ने गरेको मात्र देखिएको छ ।
यसरी आफू ठगिएको भन्दै दूतावासमा गुनासो गर्नेहरूको सङ्ख्या निकै बढी छ । दिनदिनै ठगीका गुनासा आउन थालेपछि दूतावासले जुन देश जान चाहेको हो त्यो देशका दूतावासमा बुझेर मात्र दलाललाई पैसा दिन आग्रह गरेको छ ।
सामान्यतया वर्कर भिसामा मलेसिया गएकाहरूले भिसा परिवर्तन गर्न पाउँदैनन् । यति मात्र नभएर जुन कम्पनीमा काम गरिरहेको छ त्यो कम्पनी पनि परिवर्तन गर्न पाइँदैन । त्यो कम्पनी परिवर्तन गर्ने बित्तिकै भिसाको टाइम भए पनि उनीहरू अवैध मानिन्छन् ।
त्यसैले त्यस्ता दलालको पछि नलाग्न र जति अवधिको लागि मलेसिया आएको हो त्यति अवधि राम्रोसँग काम गरेर स्वदेश फर्किन दूतावासले सबैमा अनुरोध गरेको छ ।