काठमाडौं ।
अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरटेसनल शुभेच्छा खड्काले प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबार काठमाडौंको एक होटलमा आयोजित समारोहमा यी दुईले टीकाटालो गरेकी हुन् । गत महिना आश्वासनले चितवनको एक जमघटमा शुभेच्छालाई विवाह प्रस्ताव राख्दै रिङ लगाइदिएका थिए ।
गत महिना शुभेच्छालाई विवाह प्रस्ताव राख्दै रिङ लगाइदिएका तस्विर बाहिर आएका थिए । टीकाटालो समारोहमा दुवै पक्षका परिवार र आफन्तसहित केही सेलिब्रिटी उपस्थित थिए । पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ पनि सहभागी थिए । शुभेच्छा र आश्वासन दुई वर्षयता प्रेम सम्बन्धमा थिए । यसैवर्ष विवाह गर्ने उनीहरुको तयारी रहेको जनाइएको छ ।
तस्विरमा यो जोडी निकै तस्विर भाइरल बनेका छन् । फिलमी शैलीमा प्रेम प्रस्ताब राखेपछि यो जोडीलाई धेरैले बधाइ दिएका थिए । इन्गेजमेन्ट समारोहमा दुवै पक्षका परिवार र आफन्तसहित केही सेलिब्रिटी उपस्थित थिए । पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ पनि सहभागी थिए ।
यो जोडी बिगत दुई वर्षदेखी प्रेममा रहेको थियो । ‘रणवीर’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी शुभेच्छा टेलिभिजन पर्सनालिटी समेत हुन् । उनको आगामी फिल्म ‘प्रेमा’ चैत ४ गते प्रदर्शन हुने तयारीमा छ । शुभेच्छा र आश्वासनलाई फेसन, चलचित्र, संगीतका सेलिब्रिटीले बधाई तथा शुभकामना दिइरहेका छन् ।
आँचलले पूजालाई ‘अग्रज कलाकार’ भनेपछि…!
पूजा शर्मा र आँचल शर्मा फिल्म उद्योगका समकालीन नायिका हुन्। म्युजिक भिडिओबाट करिअर सुरु गरेका आँचल र पूजाको उमेर अन्तर पनि खासै देखिँदैन। पूजा आफ्नो ब्यानरको फिल्ममा हिट छिन्। आँचल खासै हिट हुन नसकेकी नायिका हुन्। उद्योगमा भने यी दुई केही समयको अन्तरमा आएको देखिन्छ। तर दुवैका फिल्म एकै समयमा चलिरहेका छन्। आँचलले हालै एक अन्तर्वार्तामा पूजा शर्मालाई आफ्नो अग्रज कलाकारका रुपमा परिभाषित गरिन्। अहिले उनलाई यो परिभाषा भारी परेको छ।
पूजालाई मेरो अग्रज कलाकार भनेर आँचलले बोलेको भिडिओ क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। आँचल अहिले सञ्जालमा ट्रोलरको निशानामा परेकी छिन्। धेरै सञ्जाल प्रयोगकर्ताले आँचललाई अग्रजको अर्थ थाहा नभएको भन्दै टिप्पणी गरिरहेका छन्।
आँचलले पूजा आफूभन्दा अगाडि उद्योगमा आएकाले अग्रज भएको उल्लेख गरेकी थिइन्। अग्रज कलाकार भएकाले उद्योगमा पूजासँग आफ्नो कुनै खालको प्रतिस्पर्धा नभएको उनले बताएकी थिइन्।
नेपाली फिल्म ‘थ्रि लभर्स’बाट पूजाले अभिनय सुरु थिइन्। आँचल ठूलो ब्यानरको फिल्म ‘नाई नभन्नु ल ४’बाट ठूलो पर्दामा देखिएकी हुन्। ठूलो पर्दामा देखिने समय अघिपछि भए पनि यी दुवैले फिल्ममा आउनुअघि म्युजिक भिडिओमा काम गरेका छन्। आँचल र पूजा एउटै पुस्ताका नायिका हुन्।
आफूभन्दा केही वर्षअघि उद्योगमा आएकै आधारमा समकालीन नायिकालाई अग्रज भनेपछि आँचल अहिले ट्रोलको सिकार भइरहेकी छन्।