काठमाडौं ।
कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत कोरिया जान ३७ हजार भन्दा बढीले आवेदन फाराम भरेका छन् ।सन् २०२२ कै लागि कृषि तथा पशुपालन क्षेत्रतर्फ थप गरिएको ६ ,हजार कोटामा ३७, हजार २७७ ,जनाले आवेदन भरेका हुन् ।
इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले सन् २०२२ कै लागि कृषि तथा पशुपालन क्षेत्र तर्फ को अतिरिक्त परीक्षाका लागि आवेदन भरिएको बताए । यहीपुस ४ देखि पुस ८, गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि अनलाइन फाराम भर्न आह्वान गरिएको थियो ।
आवेदन दिएकाहरूलाई १६, माघ २०७९,, देखि २७ माघसम्म पहिलो चरणको परीक्षा हुनेछ । त्यसपछि ८ फागुन २०७९ ,देखि २६ फागुनसम्म दोस्रो चरणको परीक्षा हुनेछ ।,
सन् २०२२ का लागि कृषि तथा पशुपालनbbतर्फ तोकिएको कोटा भन्दा कमपास भएका थिए । त्यसपछि अहिले सन् २०२२ कै लागि थप माग गरिएको हो । प्रत्येक चरणको भाषा परीक्षामा उत्तीर्ण भएका व्यक्तिहरूको मात्र सोही चरणको लागि सीप परीक्षण (स्किल टेष्ट) हुनेछ ।
यसअघि सन् २०२२ मा छनौटमा परेका नेपाली कामदारहरू कोरिया जाने क्रम जारी रहेको छ । कृषि तथा पशुपालन र ,उत्पादनमूलक क्षेत्रका लागि छनौटमा परेका कामदारहरू कोरिया जाने क्रम जारी रहेको निर्देशक कटुवालले बताए ।
अब कसरी जान पाउँछन् ?
विभिन्न देशले नेपालबाट छोटो समयका लागि कामदार माग गर्दै आएका छन् । तर, नेपालबाट वैदेशिक रोजगारीमा जानको लागि न्यूनतम एक वर्षका लागि मात्रै श्रम स्वीकृत दिने कानूनी व्यवस्थाले गर्दा समस्या थियो । अहिलेसम्म गएका व्यक्तिहरू व्यक्तिगत श्रम स्वीकृति लिएर मात्र जाने गरेका थिए । अबदेखि भने त्यो बाध्यता हटेको छ र सरकारले नै पठाउने भएको छ ।
यसका लागि नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगार प्राप्त गर्न सक्ने देखिएमा सरकारले द्वीपक्षीय श्रम सम्बनध स्थापना गर्न सक्नेछ । श्रम सम्बन्ध स्थापना भएपछि निर्देशिका बमोजिम रोजगारदाता संस्था वा सम्बन्धित मुलुकको प्रचलित कानून बमोजिम रोजगारदाताको तर्फबाट सहजीकरढा गर्ने गरी दर्ता भएको स्थानीय निकाय वा संस्थाले मागपत्र प्रमाणीकरणको लागि अनलाइन माध्यमबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगमा पेश गर्नुपर्नेछ । सोही आधारमा श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढ्नेछ ।
पाँचपटकसम्म म्याद थपमा पनि सकिएन विद्युत गृहको काम
राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत जानकी गाउँपालिका–९ कटाक्षेमा निर्माणाधीन विद्युत् गृहबाट गएको असार मसान्तसम्म विद्युत् उत्पादन सुरु गरिने बताइएको थियो । सन् २०१४ मा सुरु भएको विद्युत् गृह निर्माणको काम सम्पन्न हुन नसक्दा विद्युत् उत्पादनको समयावधि पनि सर्दै गएको छ ।
आयोजना निर्माणमा देखिँदै आएको समस्याका कारण समयमै काम सम्पन्न हुन नसक्दा विद्युत् उत्पादनको काम प्रभावित भएको छ । हालसम्म आयोजना पाँचौँ पटक म्याद थप भएको छ । पछिल्लो पटक थपिएको म्याद आगामी चैत मसान्तसम्म रहेको छ । तर पछिल्लो थप गरिएको समयमा पनि विद्युत्गृह निर्माण सम्पन्न नहुने सम्भावना बढेको छ ।
आयोजनाका प्रमुख केदार श्रेष्ठले २०७८ वैशाखमा नयाँ वर्षको अवसर पारेर विद्युत् गृहमा पानी खसाउने योजना बनाउनुभएको थियो । त्यो योजना सफल नभएपछि आयोजनाको काम एक वर्ष लम्बियो । पछिल्लो पटक असोज महिनामा आएको बाढीले विद्युत्गृह निर्माणको काममा क्षति पु¥याएका कारण समयमै काम सम्पन्न हुन नसकेको आयोजनाका सूचना अधिकारी प्रेम लासिबाले जानकारी दिनुभयो ।
उहाँले जडान भइसकेका उपकरण पुनः मर्मत गर्नुपर्ने भएकाले काममा ढिलाइ बताउनुभयो । “जडान भएको सामान बाढीले क्षति पु¥याएपछि झिकेर मर्मत गर्नुपर्ने भयो”, सूचना अधिकारी लासिबाले भन्नुभयो, “त्यसभन्दा पहिले विद्युत्को सामान आयातमा समय लागेकाले पनि समयमा काम सम्पन्न हुनसकेन ।
तुन्दी कन्स्ट्रक्सनले जिम्मा पाएको विद्युत्गृह निर्माणको काममा बेलाबेलामा विभिन्न अवरोध खेप्नु परेको कम्पनीका इञ्जिनीयर उदय पोख्रेल बताउँनुहुन्छ । उहाँकाअनुसार सुरुका दुई वर्ष वन विभागले रुख काट्न आदेश नदिएका कारण निर्माणको काम रोकिएको थियो ।
बाढीले जडान भएका सामानमा क्षति पु¥याउँदा त्यसलाई पुनः खोलेर जडान गर्नुपर्ने भएपछि काममा ढिलाइ भएको उहाँले बताउनुभएको छ । “काम रोकिएको छैन । निरन्तर भइरहेको छ”, इञ्जिनीयर पोख्रेलले भन्नुभयो, “समयसमयमा देखा परेका समस्याका कारण आयोजनाको काम लम्बिएको हो ।” उहाँले आयोजनाको म्याद चैतसम्म मात्रै भए पनि सबै काम सम्पन्न गरेर विद्युत् उत्पादन गर्न अझै असारसम्म लाग्ने बताउनुभएको छ । “एउटै काम दोहो¥याएर गर्नुपर्दा समय लाग्ने भएको हो”, पोख्रेल भन्नुहुन्छ, “आयोजनाको करिब ९३ प्रतिशत काम सम्पन्न भइसकेको र। असार मसान्तसम्म सहजरूपमा सम्पन्न हुन्छ ।
विद्युतगृह नेपाल सरकारको करिब रु ९० करोडको लागतमा निर्माण हुन लागेको हो । करिब रु ८० करोड लागतमा निर्माण हुने भनिए पनि आयोजनाको पछि डिजाइन परिवर्तन भएपछि रु १० करोड लगानी थप भएको हो । यसबाट ४ दशमलव ७१ मेघावाट विद्युत् उत्पादन हुने बताइएको छ ।
यहाँ उत्पादित विद्युत् आयोजना क्षेत्रभित्रका बासिन्दालाई उपभोगका लागि वितरण गर्ने आयोजनाको उद्देश्य छ । आयोजनाले विद्युत्बाट भएको आम्दानीले सिँचाइ आयोजना मर्मत सम्भार लगायतका काममा खर्च गर्न सकिने जनाएको छ ।