काठमाडौं ।
बहराइनमा नेपाली युवाहरुको लागी वैदेशिक रोजगारको लागि सेक्युरिटी गार्डको काममा वैदेशिक रोजगारीको लागि माग आएको छ ।
बहराइनको DEFENCE FORCE SECURITY SERVICE EST. कम्पनीमा ७० जना नेपाली श्रमिकको माग आएको छ ।
बहराइनको उक्त कम्पनीबाट नेपाली श्रमिकलाई मासिक तलब ४२ हजार हुने बताइएको छ भने अन्य सेवा सुबिधा समेत राम्रो रहेको छ ।
उक्त कम्पनीमा खान बस्न फ्री हुने बताइएको छ भने उक्त रोजगारको लागी अन्तर्वार्ता फागुन १६-२० गते हुने बताइएको छ ।
वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्न सक्नुहुनेछ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बरप्रुडेन्सियल ओभरसिज प्रा. ली. Tinakune Kathmandu Nepal Phon. 01- 5104525, 9802793022, 9801040300, 9893906755
कसरी हुन्छ ठगी ?
दलालहरूले विशेष गरी मलेसियामा अवैध रूपमा बसेका नेपालीहरूलाई टार्गेट गर्ने गरेका छन् । उनीहरूलाई ५ देखि १० लाखसम्म नेपाली रुपैयाँ तिरेमा अमेरिका, पोर्चुगल लगायतका देश पठाइदिने भनेर प्रलोभनमा पार्ने गरेका छन् ।
लामो समयदेखि मलेसियामै बसेका नेपालीहरू नै यस्तो काममा सक्रिय रहेको नेपालीहरूको भनाई छ । रातोपाटीको सम्पर्कमा आएका एक नेपाली श्रमिकले भने,– ‘एक जनाले रोमानिया पठाइदिन्छु भनेर २ लाख रुपैयाँ लिएको १ वर्षभन्दा बढी भयो । न रोमानिया पठाइदिएको छ न त दिएको पैसा फिर्ता गरेको छ ।’
मलेसियामै रहेका कैलालीका रामबहादुर (नाम परिवर्तन) ले पोर्चुगल जाने सपना देखेको २ वर्ष भयो । उनलाई एक जना चिनेको दाइले पोर्चुगल जाने सपना देखाएका थिए ।
‘मलेसियामै जे जस्तो भए पनि काम गरिरहेकै थिएँ । महिनामा ३५/४० हजार कमाई भइरहेको थियो । चिनेको दाइले पोर्चुगल जाने हो भाइ भन्नुभयो । मिल्छ भने नजाने नि हुन्छ भने । दाइले ६ लाख रुपैयाँ लाग्छ भन्नुभयो । ल हुन्छ त भनेर पैसा दिए, अहिले २ वर्ष भइसक्यो आज हुन्छ भोलि हुन्छ मात्र भन्छ,’ उनले भने ।
यसरी विभिन्न देश पठाउने भन्दै ठगी गर्नेहरूले केहीलाई मात्र अर्को देश पठाउन सफल भएका देखिन्छन् । अधिकांशको भने पैसा ठग्ने गरेको मात्र देखिएको छ ।
यसरी आफू ठगिएको भन्दै दूतावासमा गुनासो गर्नेहरूको सङ्ख्या निकै बढी छ । दिनदिनै ठगीका गुनासा आउन थालेपछि दूतावासले जुन देश जान चाहेको हो त्यो देशका दूतावासमा बुझेर मात्र दलाललाई पैसा दिन आग्रह गरेको छ ।
सामान्यतया वर्कर भिसामा मलेसिया गएकाहरूले भिसा परिवर्तन गर्न पाउँदैनन् । यति मात्र नभएर जुन कम्पनीमा काम गरिरहेको छ त्यो कम्पनी पनि परिवर्तन गर्न पाइँदैन । त्यो कम्पनी परिवर्तन गर्ने बित्तिकै भिसाको टाइम भए पनि उनीहरू अवैध मानिन्छन् ।
त्यसैले त्यस्ता दलालको पछि नलाग्न र जति अवधिको लागि मलेसिया आएको हो त्यति अवधि राम्रोसँग काम गरेर स्वदेश फर्किन दूतावासले सबैमा अनुरोध गरेको छ ।