सावधान ! अस्थायी साधनको भर पर्दापनि बस्न सक्छ गर्भ, यसरी थाहा पाउनुहोस्

रेडियो दर्पण संवाददाता

काठमाडौ ।

परिवार नियोजनका साधन प्रयोग गर्दा गर्भ बस्दैन भन्ने विश्वासमा रहेकी कपिलबस्तुकी वसन्तकुमारी सिंहले अस्थायीमा भर पर्दा तेस्रो र स्थायी गरेपछि चौथो सन्तान जन्माउनुपरेको छ । तौलिहवा नगरपालिका ४ की बसन्तकुमारीले दोस्रो सन्तान जन्मिएपछि अस्थायी साधन प्रयोग गर्न थालेकी थिइन् । पुरुषले प्रयोग गर्ने अस्थायी साधन कन्डमभन्दा महिलाको पाठेघरमा राखिने ‘लुप’ भरपर्दो हुन्छ भन्ने सल्लाह पाएपछि उनले त्यसै गरेकी थिइन् । तर उनी लुप लगाएकै अवस्थामा गर्भवती भइन् र तस्रो सन्तान जन्माइन् ।

यसबारे स्वास्थ्यकर्मीसँग जिज्ञासा राख्दा उनले अस्थायी साधानको शतप्रतिशत भर हुँदैन भन्ने जवाफ पाइन । त्यसैले उनी स्थायी साधनको खोजीमा लागिन् । कपिलवस्तु जिल्ला अस्पतालका चिकित्सकको सल्लाहअनुसार तेस्रो सन्तान जन्मेको दुईवर्षपछि वसन्तकुमारीले स्थायी बन्ध्याकरण गरिन । त्यसपछि सिंह दम्पती ढुक्क भए । पुरुषको स्थायी बन्ध्याकरण फेल भएका घटना सुनिएकोले वसन्तकुमारीकै स्थायी बन्ध्याकरण गर्ने निष्कर्षमा उनीहरु पुगे ।

तर स्थायी बन्ध्याकरण गरेको आठ वर्षपछि वसन्तुकुमारी फेरि गर्भवती भईन । स्थायी बन्ध्याकरण गर्दा पनि गर्भ बसेपछि भने सिंह दम्पती छक्क परे । दुई सन्तानमात्र जन्माउने चाहना राखेका उनीहरुले परिवार नियोजनका साधनको भर पर्दा चार सन्तानको पालनपोषण गर्नुपर्ने भएको छ । यसर्थ गर्भ बस्ने नबस्ने यौन सम्पर्क गरेकै दिन थाहा पाउनका लागि तलको समाचार पढुनुहोस् ।

सन्तान जन्मानका लागि महिला गर्भवती हुन्छिन् । कतिपय महिलाहरु चाहेर पनि गर्भवती बन्न सकेका हुँदैनन् । तर केही महिलाहरु भने नचाँहदा नचाँदै पनि गर्भवती बन्न सकिरहेका हुँदैनन् । यी दुवै अवस्था आउनुमा फरक फरक कारण हुन्छन् । कतिपय महिलाहरु मानसिक, आर्थिक र सामाजिक रुपमा परिपक्व नहुँदै सानो असावधानीले पनि गर्भवती हुन्छन् भने कतिपयमा स्वास्थ्यका कारणले लामो प्रयास गर्दा पनि गर्भवती बन्न सकिरहेका हुँदैनन् । महिलाले कसरी थाहा पाउने त आफू गर्भवती भएको ?

–महिला गर्भवती भएको पहिलो लक्षण नै महिनावारी रोकिनु हो । शारिरीक सम्पर्क भएपछि महिनावारी रोकिन्छ । –गर्भवती भएपनि प्रायजसो महिलाहरुले स्वयं नै अनुभूति गर्न सक्छन् । जुन प्रायजसो सत्य सावित हुन्छ । –गर्भवती भएपछि महिलाको स्तनको टुप्पोमा कालो रङ देखा पर्नुका साथै दुख्ने गर्छ । –गर्भवती भएपछि शरीरमा हर्मोनको वृद्धि हुने गरेकाले महिलाहरु चाँडै नै थकान महसुस गर्छन् ।

–गर्भवती महिलाले शरीरमा नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले बिहानीपख ज्वरो आउने र शुररुवातका केही महिनामा वान्ता हुने गर्छ । तर बिस्तारै यो समस्या हट्दै जान्छ । –बच्चा गर्भमा आएपछि नजन्मेसम्म महिलालाई बारम्बार पिसाव लाग्ने गर्छ । बच्चा बढ्दै गएपछि पिसव नलीमा पाठेघरले निरन्तर चाप दिने र मिर्गौलाबाट पनि अतिरिक्त रसायनहरु बाहिरीने भएकाले औषतमा बढी नै पिसाव लाग्छ ।

–बच्चाको उचित विकासका लागि गर्भवती महिलाले अघिपछि भन्दा बढी पोसिलो खानेकुरा खानुपर्छ । बढी मात्रामा भिटामिन र प्रोटिनयुक्त खानेकुरा खाइरहने हुँदा केही खानेकुरा खान मन पर्दैन । तर खान भने छोड्नु हुँदैन । एस्ट्रोजन हर्मोनको साइडइफेक्टका कारणले कतिपय महिलालाई केही कुराको वास्ना तथा गन्धले पनि एलर्जी हुन सक्छ ।

–गर्भवती महिलामा कहिलेकाँही कब्जियत पनि हुन सक्छ । यस्तो अवस्थामा तत्कालै चिकित्सकको सल्लाह लिनुपर्छ । –बच्चा बढ्दै गएपछि आमाको शरीररमा भएको प्रोटिन बच्चालाई अवश्यक पर्ने भएकाले गर्भवती महिलाहरु कम्जोर भएर काम्ने र बेहोस हुने समस्या पनि आउन सक्छ ।

त्यसैले धेरै प्रोटिन र भिटामिनयुक्त खाना खानु जरुरी हुन्छ । –पेटमा भएको बच्चाको वृद्धि र तौलमा हुने हेरफेरले गर्भवती महिलाको ढाड दुख्ने समस्या हुन्छ । –गर्भवती महिलाको मन ज्यादै चन्चल हुन्छ । उनीहरुको व्यवहार छिनछिनमा परिवर्तन हुन्छ । तर सधैं तनाव लिएर मनमा नकारात्मक कुरा खेलाउँदा बच्चाको मानसिक विकासमा पनि असर पर्न सक्छ ।